गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना दीप संञ्चार जेठ १०, २०७७ गते २०:०८ मा प्रकाशित पोखरा – पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोक सडकमा हिडिरहेको बाच्छोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।गाडीको ठक्करबाट बाच्छो मरेको प्रहरीले जनाएको छ । सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पुर्याएका थिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको जनाएको थियो ।चालकलाई कानुन अनुसार कारबाही गरिने कार्कीले बताए । लकडाउनका कारण पोखरामा रहेका पारस पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय बनेका छन् । केही दिन अघि उनले पोखरामा खान नपाएका विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने