गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना पूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटना दीप संञ्चार जेठ १०, २०७७ गते २०:०८ मा प्रकाशित पोखरा – पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोक सडकमा हिडिरहेको बाच्छोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।गाडीको ठक्करबाट बाच्छो मरेको प्रहरीले जनाएको छ । सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पुर्याएका थिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको जनाएको थियो ।चालकलाई कानुन अनुसार कारबाही गरिने कार्कीले बताए । लकडाउनका कारण पोखरामा रहेका पारस पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय बनेका छन् । केही दिन अघि उनले पोखरामा खान नपाएका विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभक्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप