२९८ औं पृथिवी जन्मजयन्तीको अवसरमा संयुक्त पूल पर्तिस्पर्धा सम्पन्न
कोर्क – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसर पारेर आयरल्याण्ड स्थित कोर्क शहर को ‘द मर्डेक इन्टरटैन्मेण्ट कम्प्लेसको सभा हलमा सोमबार ‘संयुक्त पूल पर्तिस्पर्धा’ सम्पन्न भएको छ ।
आयरल्याण्डमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध पार्ने र आपशी सद्भावको मैत्रीपूर्ण वातावरण कायम राख्ने उदश्यले पूल पर्तिस्पर्धा आयोजना गरिएको हो ।
नेपाल एकता समाज आयरल्याण्डका अधक्ष्य कृष्ण जिसीको सभापतित्व एवं गैर आवाशीय नेपाली संघ यूरोप उपसंयोजक सुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा सम्मपन्न कार्यक्रममा विशिष्ट अथितिको रुपमा कोर्क नेपाल समाजका अध्यक्ष लोकनाथ त्रिपाठी उपस्थिति भएका थिए।
आयरल्याण्डका विभिन्न शहरबाट बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति सुक्रराज न्यौपानेले ग्रेट नेपालका राष्ट्र निर्माता पृथीनारायण शाह को योगदानका वारेमा प्रशंशा गर्दै आयोजित यस खेलले पनि विभिन्न उद्देश्यले देश वाहिर रहेका खेल प्रेमीहरुलाई एकताको शुत्रमा बाँध्ने र आपशी भाईचाराको सम्वन्ध रहने कुरामा विश्वस्त रहेको बताए।
उक्त कार्यक्रममा पहिलो स्थान लिन बिबेक रिमाल सफल भएका छन् भने, दोस्रो स्थानमा भिम खत्रीले आफुलाई विजयी बनाउन सफल भएका थिए । निकै रोचक रहेको उक्त खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लगनशील खेलाडि धरमले तेस्रो स्थान हासिल गरेका छन् ।
कार्यक्रमा विजयी खेलाडिहरुलाई नगत, शिल्ड र प्रमाणपत्रले सम्मन गरिएको थियो भने खेलमा सहभागी सबै खेलाडिहरुलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा आयर्ल्याण्डमा रहेर सामाजिक कार्यमा क्रियाशील रहेका रुपेश रेग्मी, चमन राणा, राज न्यौपाने, गोपाल शर्मा, बिबेक पहारी, देवेन्द्र अधिकारि, जोनस जोशी, समिर थापा, पुन्य न्यौपाने, राम गुरुङ, श्री कृष्ण भण्डारी, टेक पुन, राज कुमार गुरुङ, सुनिता न्यौपाने, भागीरथी त्रिपाठि लगाएतको पनि उपश्थिति रहेको थियो।
कार्येकरमको समापन गर्दै अधक्ष्य कृष्ण जिसीले कार्येकरममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दीदै यस टुर्नामेन्ट का माध्यमले सबैलाई एकता गराउनको लागि आयोजना गरिएको बताउदै हामीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देनलाई सारा नेपालीले भुल्ने नहुने कुरामा जोड दिए ।
आयार्ल्याण्डमा रहेर क्रियाशील रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सबैले शाहको मार्गदर्शन अवलम्वन गरेर देशलाई विखण्डन हुनबाट जोगाउनु पर्नेमा जोड दिए।
क्याटेगोरी : यूरोप
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस