गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ पाकिस्तानमा इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन पाकिस्तानमा इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन एजेन्सी कात्तिक १६, २०७६ गते १६:५७ मा प्रकाशित इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ ।इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन् ।सुरक्षाकर्मीहरुले पाकिस्तानको विभिन्न भूभागबाट आएका प्रदर्शनकारीहरुलाई रोक्न कडा सुरक्षा व्यवस्था अपनाएका थिए ।तर पनि २० हजार भन्दा बढीको संख्यामा आएका इस्लामिक कार्यकर्ताहरुले राजधानी इस्लामावादमा प्रदर्शन गर्दै प्रधानमन्त्री खानको राजिनामा माग गरेका थिए ।जमात उलेमा ए इस्लाम पाकिस्तानको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । सो पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो ।सो दलले पाकिस्तानका क्रिकेट स्टारबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री इमरान खानको राजिनामा माग गरिरहेको छ ।प्रधानमन्त्री खानको नेतृत्वमा रहेको वर्तमान सरकारले पाकिस्तानमा शान्ति सुरक्षा कायम गर्न नसकेको लगायतका धेरै कमी कमजोरीहरु देखाएर सरकारबाट हट्न भनिरहेको छ ।पाकिस्तान मुस्लिम लिग नवाज पार्टीले पनि वर्तमान सरकारको कडा विरोध गर्दै आएको छ । उक्त दलले वर्तमान सरकारलाई अवैध सरकार भन्दै यो सरकारका प्रधानमन्त्री खानले अब तत्कालै राजिनामा दिनुपर्ने बताउँदै आएको छ ।शुक्रबारको विरोध प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री खानका लागि एक प्रमुख चुनौतीका रुपमा लिइएको छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट