Techie IT
×
गृहपृष्ठ ∕ ब्लग ∕ अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा

अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा


भनिन्छ , मनमा इच्छा, चाहना हुने हो भने गर्न नसकिने केही कुरा पनि हुदैन। हो त्यसैको प्रमाणित गर्दै आएकी छिन दाङ तुल्सीपुर निवासी मन्जु कडेल ‘ साहसी’ । सानै देखी गीत संगीत र साहित्यलाई धेरै माया गर्ने साहसी मन्जु शारीरिक रुपमा अशक्त भएता पनि आफ्नै शब्द संगीत तथा निर्देशनमा थुप्रै गीतका म्युजिक भिडियोहरु बजारमा ल्याइरहेकी छिन।

बाबा हेमकान्त कंडेल र आमा सुमित्रा कडेलको कोखबाट जन्म लिएकी मंजुले पछिल्लो समयमा आफ्नै शब्द, संगीत, कथा लेखन तथा निर्देशनमा “रुन मन लाग्छ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

भिडियोमा नेपाली समाजमा शारीरिक रुपमा अशक्त ब्यक्तिहरुले भोगिरहेको दु:ख, पीडा र संघर्षका कुराहरु सरल तरिकाल्र प्रस्तुत गरिएको छ।

एकातर्फ शारीरिक रुपमा अशक्त ब्यक्ति प्रति हाम्रो घर समाज कसरि हेर्छन भन्ने कुरा भिडियोमा देखाइएको छ भने अर्को तर्फ कसैको साथ पाए दुई किसिमका शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु बिचको माया वा प्रेम सम्बन्ध यसरि आगाडी बढ्न सक्छ भने कुरा देखाईएको छ।

‘रेडियो टिभी नेपाल’ को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको साहसीको म्युजिक भिडियोले कत्तिको चर्चा पाउछ त्यो भने हेर्न बाँकि नै छ!


क्याटेगोरी : ब्लग
ट्याग : #अशक्त व्यक्ति भित्र सशक्त प्रतिभा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार