गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ म नेपालमा जन्मेको हुँ र नेपालसंग मेरो घनिष्टता छ : भुटानी राजा म नेपालमा जन्मेको हुँ र नेपालसंग मेरो घनिष्टता छ : भुटानी राजा दीप संञ्चार कात्तिक २, २०७६ गते १९:०४ मा प्रकाशित काठमाडौं, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले आफ्नो जन्मस्थान नेपाल भएकाले नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेको बताएका छन्। भुटानकालागि गैरआवासिय नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा उनले यस्तो बताएका हुन्।तस्बिर : भुटानका प्रधानमन्त्रीको ट्वीटरबाटराजदूत आचार्यले बिहीबार भुटानको राजधानी थिम्पुमा वाङचुक समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छोटो कुराकानीमा क्रममा उनले यो सम्बन्धबारे पून दोहोर्याएका हुन्। यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं जाँदा वाङचुकले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए। २१ फेब्रुअरी १९८० मा उनको जन्म काठमाडौंमा भएको हो।भेटका क्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानमन्त्री के.पी शर्मा ओलीकोतर्फबाट मित्रता तथा शुभकामना सन्देश सुनाएका थिए। प्रत्युत्तरमा वाङचुकले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिएका थिए।राजदूतले वाङचुक समक्ष नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानका साथै मैत्री सम्बन्धलाइ थप विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। वाङचुकले नेपाल र भुटानबीचको गहिरो साँस्कृतिक सम्बन्धबारे पनि उल्लेख गरे।भारतमा बसेर भुटान समेत हेर्ने जिम्मेवारीसहित आचार्यलाई राजदूत नियुक्त गरिएको हो। जिम्मेवारी सम्हालेको झण्डै आठ महिनापछि आचार्यले भुटानमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत ३ फेब्रुअरी २०१९(२०७५ माघ २० गते ) राजदूत पदको सपथ लिएका थिए। उनी १८ फेब्रुअरीमा कार्यभार सम्हाल्न दिल्ली आएका हुन्। उनले १३ मार्च २०१९ मा भारतका राष्ट्रपति रामनाथ कोबिन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।राजदूत आचार्यले भुटानका प्रधानमन्त्री डा ल्होत्से छिरिङसँग पनि शिष्टाचार भेट गरेका छन्। आचार्य भुटानका परराष्ट्र मन्त्री टाण्डी दोर्जी ले आयोजना गरेका रात्री भोजमा सहभागी भए। सोही कार्यक्रममा उनले अर्थमन्त्री र भुटानका पूर्व प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए। ऐतिहासिक र साँस्कृतिक समानता रहेको नेपाल र भुटानबीच सन् १९८३ मा कुटनीतिक दौत्य सम्बन्ध स्थापित भएको हो। अन्नपूर्णमा खबर छ ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै