तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी
सुरेश हमालको नाम सुन्ने वित्तिकै धेरैले उनलाई अनेक परिचयबाट चिन्ने गर्छन । कोहिले यातायात व्यवसायिको रुपमा चिन्छन् त कोहिले समाजसेविको रुपमा अनि कोहिले नेताको रुपमा हमाललाई चिन्ने गर्छन् । खासगरी सुरेश हमाल यि सबै परिचयबाट परिचित छन् । विभिन्न संघ संस्थामा आफ्नो दरिलो उपस्थिती देखाउने उनी नेपाली कांग्रेस तुलसीपुर नगर सभापति हुन् । थुप्रै संघ संस्थामा विभिन्न समयमा नेतृत्व सम्हालेका उनले आफ्नो कार्यकाल स्वर्णिम बनाउने गर्छन । संघ संस्थाको भवन निर्माण,असहायलाई विभिन्न सहायता तथा कमजोर आर्थिक स्थिती भएका परिवारलाई पठनपाठन तथा अन्य घरायसी सामाग्रीमा सहयोग गर्दै आएका उनी एक यस्ता योद्धा हुन जसले नेतृत्व पाउने अवसर पाए आफुलाई अव्वल सावित गर्ने गर्छन ।
नेपाली कांग्रेसको नगर सभापति भईसकेपछि पनि उनी पार्टिको आफ्नै भवन निर्माणमा व्यस्त छन् र पार्टिलाई टोलटोल,गाउँगाउँ,वस्ती वस्ती देखि लिएर वडास्तर सम्म चलायमान बनाउन भूमिका खेलेका छन् ।
उनले कांग्रेसको नेतृत्व गरेपछि कांग्रेस पार्टि पहिलेको तुलनामा धेरै माथि उठेको कांग्रेसका कार्यकर्ता तथा जिल्लाका नेताहरु बताउछन् । उनी नेपाली कांग्रेसको झण्डालाई फहराउन दिनरात नभनी सधै मैदानमा उत्रने गर्छन् । गुट उपगुटका कारण कमजोर बनेको पार्टिलाई एकतावद्ध भएर अगाढि बढाउन उनी तल्लिन छन् । आफ्नो व्यक्तिगत जिवनलाई समेत पाखा लगाएर नेपाली कांग्रेसका लागि योगदान दिएका छन् । उनै हमाल पार्टिका लागि निरन्तर खट्ने नेपाली कांग्रेसका एक महान योद्धा हुन् ।
” आउदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसको तर्फबाट हमालको नाम बढि चर्चामा रहेको छ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको नगर सभापती समेत रहेका सुरेश हमाल मेयरको लागि दावेदार मध्येका एक हुन् । उनी मेयर पदको लागि सर्वाधिक लोकप्रिय व्यक्ति हुन् । “
उनको लगशिलता,नेतृत्व गर्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण उनी यतिवेला आउदो स्थानिय तहको निर्वाचनमा सवार्धिक चर्चामा छन् ।
आउदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसको तर्फबाट हमालको नाम बढि चर्चामा रहेको छ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको नगर सभापती समेत रहेका सुरेश हमाल मेयरको लागि दावेदार मध्येका एक हुन् । उनी मेयर पदको लागि सर्वाधिक लोकप्रिय व्यक्ति हुन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा पुराना र नयाँ पुस्ता गरी थुप्रै जना आकांक्षी छन् । पुराना र नयाँ कांग्रेसका नेताहरुमध्ये युवा पुस्ताको प्रतिनिधित्व गर्दै टिकट पाउनका लागि उनी निरन्तर रुपमा लागिपरेका छन् ।
उनी लायन्स क्लब र रोटरी क्लबमा रहेर विभिन्न सामजिक कार्य गर्नुका साथै गरीब जेहेन्दार बिद्यार्थीलाई आफनै खर्चमा पढाउँदै समेत आएको हुँदा उनलाई गरिबको मसिहा भन्दा फरक पर्दैन।
अन्य आस्था भएकालाई समेत आकर्षण गर्ने क्षमता भएका युवाहरुमा लोकप्रिय हमालले ” म आफ्नो लागि होइन अरूको लागि जन्मेको हो” भन्ने कथन व्यवहारमा उतार्न सफल ब्यक्ति मानिन्छ।
“पार्टिले टिकट दियो र स्थानीयबासी सबैको साथ सहयोग सहित तुल्सीपुर उप-महानगरपालिकालाई नेतृत्व गर्ने अवसर पाए देशभरका स्थानीय तहहरुमध्ये सवार्धिक उचाईमा पुर्याउने उनी बताउछन् । “
पार्टिले टिकट दियो र स्थानीयबासी सबैको साथ सहयोग सहित तुल्सीपुर उप-महानगरपालिकालाई नेतृत्व गर्ने अवसर पाए देशभरका स्थानीय तहहरुमध्ये सवार्धिक उचाईमा पुर्याउने उनी बताउछन् ।
नेपाली कांग्रेसलाई चलायमान बनाउन र एकढिक्का भएर अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले टिकट पाए मतदाताको शिर झुक्न नदिएर जसरीपनि जित हासिल गर्ने बताउछन् ।
युवा पुस्ता र अग्रजहरुको साथ सहयोग लिएर पार्टिलाई उच्चतम स्थानमा पुर्याउने र अवको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टि बनाउने उनी बताउछन् ।
क्याटेगोरी : ब्लग
ट्याग : #Suresh Hamal
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस