Techie IT
×
गृहपृष्ठविचार/आलेखटोबि द जेन्टलमेन

टोबि द जेन्टलमेन


झट्ट नाम सुन्दा चिन्टे कपाल अनि लामो दारी डिङ्गो जुत्ता लगाएको हातमा चुरोटको मुस्लो उडाउदै बसेको हिन्दी सिनेमाको भिलेनको आकृती आउनु स्वभाबिक हो।बास्तबमा यो कुनै हिरो या भिलेन नभै एक कुकुर हो जुन गणतन्त्र आयरल्यान्डमा निकै फेमस छ।

टोबि बोस्टन टेरिएर प्रजातिको कुकुर हो – यो बुलडग बीचको क्रस हो जसको १ लाख ५३ हजार भन्दा बढी इन्स्टाग्राम अनुयायीहरू छन् जसले उनको खुसी अनुहार उनीहरूको सोशल मिडिया फिडहरूमा पप अप भएको हेर्न मन पराउँछन्।

टोबिको बा र मालिक सुमन गुरुङ टोबिको असाध्यै ख्याल राख्छन। आफ्नै बच्चा जस्तै। सुमन भन्छन टोबिको मेरो जिबनमा खास महत्त्व छ। टोबि म एक्लो भएको बेला मेरो एक्लोपनको साथी भएको छ।टोबिले मेरो जिबनमा नया बाहार नै ल्याएको छ ।टोबि मेरो लागि विशेष छ।

टोबिको जन्म नर्दन आयरल्यान्डमा भएको हो।आज भन्दा करिब ३ बर्स अघि उनी आफ्नो जन्मदिनमा उस्लाइ लिन बेल्फास्ट गएका थिए। अहिले उनी दुइ ओटा बर्थडे एकैदिन मनाउछ्न।

उनि थपछन “पहिला मेरै इन्स्टाग्राम खातामा टोबिको तस्बिरहरू पोस्ट गर्न थाले राम्रो प्रतिकृया आएपछी उसको आफ्नै एकाउन्ट खोले र नाम टोबि द जेन्टलमेन राखिदिए। सुरुमा १०/२० जाना मात्र अनुनायी थिए पछि बढने क्रम भयो र अलि सिरियस नै भएर लाग्न लागे ।अनि समाजिक फन्नी भिडिहोहरु पोस्ट गर्न थाले।अहिले उस्को टिकटकमा १.५ मिलियन फलोवर्स छन।तेस्तै फेसबुकमा ३० हजार र युटुबमा १ लाख ६० हजार फलोवर्स छन।जब मैले पहिलो पटक टोबिलाइ पाए उ एकदमै सानो पप्पि थियो ।म अझै पनि सम्झन्छु।मैले उस्लाइ काखमा लिएर खेलाएको थिए ।


आजकल संनसारभरका मानिसहरु टोबि सङ अन्तर्कृया गर्छन।टोबिको भिडियो हेर्न पर्खेर बस्छन।उनी दिनमा एउटा भिडियो कम्तिमा पोस्ट गछन जस्को हजारौ लाइक र कमेन्ट आउछन।टोबिको सबै भन्दा बढी फलोवर्स अमेरिकामा छन। गत वर्ष अमेरिका बाट क्रिसमस कार्ड र युके बाट पार्सल प्राप्त गरेका थिए। विश्वभरका मानिसहरूले उनिलाइ सन्देशहरू र उपहारहरू पठाउँछन्।”

टोबि आयरल्यान्डमा निकै फेमस छ। गत बर्स एम एम १०४ बाट उस्को बारेमा उस्को इन्टरभिउ समेत भएको थियो।तेस्तै आयरल्यान्डको मुलधारको टेलिभिजन आर टि इ बाट पनि उस्को बारेमा समाचार प्रासरण भएको थियो।उनी भन्छन हाल टोबिको नया डकुमेन्ट्रीको भिडियो सुट भैराखेको छ।

टोबिका बा सुमन आइरिस बारमा फुल टाइम काम गर्छन् ।त्यसैले जब उनी घरमा हुँदैनन।टोबिको रेख देखको लागि क्यमारा जडान गरेका छन।उनले क्यामारा बाट हेर्ने गर्छन र समय समयमा टोबि लाई चेक गर्न घर गैरन्छन।

गणतन्त्र आयरल्यान्ड उत्तरी युरोपमा अबस्थित छ।पानी , हावा र जाडो समान्य मौसम जस्तो छ येहा । जब घाम लाग्छ टोबि फिनिस्क पार्क जान मन पराउछ। उस्लाइ मृग सङ्ग डौडन खुब मन पर्छ। आजकल टोबिलाई फोटो खिच्न पनि मन पर्न थालेको छ।उनी हास्दै भन्छन ” मैले क्यामारा निकाल्न साथ टोबिले पोज दिन सुरु गर्छ। राम्रो आर्टिस्टिक पोजको लागि आजकल उनी हमेसा क्यमारा बोकेर हिड्छ्न ।
उनी भन्छ्न जीवन भनेको क्यमारा जस्तै हो।जे महत्त्वपूर्ण छ त्यसमा मात्र फोकस हुनुस। राम्रा दिनहरु लाई क्यमारामा कैद गर्नुहोस।र यदि सोचेजस्तो हुदैन भने फेरि अर्को सट लिनुहोस। जिबनमा खुसी हुनुहोस ।आफुलाइ जे कुरामा खुसी लाग्छ तेहि नै गर्नुहोस।

टोबिको आफ्नै युटुबे च्यालन छ।च्यानलबाट प्रप्त रकम आयरल्यान्ड र नेपालका सेल्टर होममा सहयोग गरेको उनी बताउछन।नेपालमा गल्ली गल्लीमा हिडेका कुकुरहरु देख्दा आफु भाबुक हुने गरेको समेत बताउछ्न। उचित निकायले ब्यब्स्थापन गरिदियोस भन्ने आग्रह समेत गर्छन। र भबिस्यमा नेपालका कुकुरहरुको सेल्टर होमका लागि नया काम गर्ने मनसाय रहेको बताउछ्न।

सन्तोश शर्मा
डब्लिन आयरल्यान्ड


क्याटेगोरी : विचार/आलेख
ट्याग : #सन्तोश शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस