Techie IT
×
गृहपृष्ठविचार/आलेखसंस्कार बिर्सिएका बौद्धिक संस्कारी हामीहरू

संस्कार बिर्सिएका बौद्धिक संस्कारी हामीहरू


पछिल्लो समयमा नेपालीहरूका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य बनेको छ कतार ।

सन् १९९० को दशक देखि नै फाटफुट रूपमा नेपालीहरू कतार प्रवेश गरे पनि अहिले करिब ३ लाख नेपाली रोजगार, व्यवसाय र अध्ययनका लागि कतार आएका छन् ।

देशमा राजनीतिक अस्थिरता, महँगी, भ्रस्टचार र बेरोजगारले थिचिएपछि को देश कुरेर बस्छ रु आफ्नो जीविकोपार्जनको लागि भए पनि पासपोर्ट बोकेर परदेश लाग्नु हामी नेपालीहरूको दैनिकी बनिरहेको छ। कयौँ नेपाली साधारण सीपको समेत ज्ञान नलिई खाडी प्रवेश गरेका छन्। तिनीहरू अग्ला अग्ला गगनचुम्बी महल र फराकिला सडक बनाउन प्रयोग भई रहेका छन् भने सिप , ज्ञान र अनुभव लिएर आउने कामदार विभिन्न मलहरू, बैङ्क, हस्पिटल, विश्व बिद्ध्यालय र सरकारी निकायमा पनि काम गरिरहेका छन्।

 

कुरा कतारकै गरौँ ‘भौगोलिक हिसाबले कतार सानो भए पनि यहाँको जनघनत्व बाक्लो रहेको छ । विभिन्न मुलुकका कामदारहरू रहेको कतारमा नेपालीहरूले पनि आफ्नो राम्रो कार्य कुशलता देखाएको पाइन्छ सन् २०१३/१४ तिरबाट कतारमा विभिन्न सामाजिक सस्थाहरु बाक्लिएर खुलेको पाइन्छ ।

हरेक जिल्लाका आफ्ना आफ्ना संस्था, राजनैतिक दलका आफ्नै संस्था, जातीय सस्थाहरु खुलेर आफ्नो पहिचान र जिम्मेवारी निभाई रहेका थिए । कोरोना भाइरसको सुरुवात सँगै कतारमा खुल्ला रूपले कहीँ कतै भेला भएर बस्ने हिँड्ने वातावरण रहेन । सबै सस्थाहरु गुपचुपमा नै रहे भने गैह्र आवासीय नेपाली सङ्घले हरेक सस्थाहरुमा समन्वय गरी कतार च्यारिटि सँग सहकार्य गरेर कोरोनाका बेला पनि आफूले सकेको सहयोग मजदुरहरूलाई प्रदान गरी रह्यो।

कोरोना अलिक हराउँदै गए सँगै दोहा फेरी पुरानै शैलीमा फर्कने कोसिस गर्दै छ, यहाँ हरेक शुक्रवार कुनै न कुनै जिल्ला संस्थाका अधिवेशन, वनभोज तथा मासिक बैठक नपरेको दिन हुँदैन । हरेक संस्थाले विशेष अतिथि र अतिथि खुवाउँदा खुवाउँदै समाज सेवा गर्छु, श्रमिकका लागि गर्छु भन्नेहरू अहिले संस्कार बिर्सिएका संस्कारी भएका छन् ।

कार्यक्रममा छोटो शुभकामना मन्तव्य राखिदिनु भनेर सञ्चालकले भनेको हुन्छन् को सँग व्यक्तिगत दुस्मनी हुन्छ मञ्च बाट तथानाम गरेको सुनिन थालिएको छ । म के बोल्दै छु भन्ने हेक्का समेत नभएका हरूलाई संस्थामा बोलाएर शुभकामना दिनु भन्न समेत आनाकानी सुरु गर्न थालेका छन् दोहाका सामाजिक संस्थाले !

बिहीबार बेलुकी बाट तात्न सुरु भएको दोहाको नेपाली समाज र समाजका नाइके भनाउदाहरु शुक्रवार पनि फ्रेस अनुहारमा देखिन्नन् मदिराको नशामा डुबेका नाइकेहरूको भाषण बाट के सिकुन् बिचरा मजदुरहरूले रु म कसरी बन्छु भन्ने बिर्सिएका हरू अरूलाई प्रवचन दिन व्यस्त रहन्छ ।

जबसम्म समाजका अग्रजहरू सभ्य र संस्कारी हुँदैनन् तबसम्म समाजमा सामाजिक गतिविधि नगरेकै उत्तम हुन्छ। दिनानुदिन दिन भड्किएको समाजलाई जब सम्म समेटेर अगाडि लान सकिँदैन तब सम्म सामाजिक रूपमा संस्कार हराउँदै जान्छ र भविष्यमा नेपाली समाजको नाम र गतिविधिहरू समाप्त भएर भएर जान सक्छ । त्यसैले पहिला संस्कार सिक अनि सिकाऊ नत्र संस्कार बिर्सिएको संस्कारी हुन समय लाग्ला र बौद्धिक महोदयहरू?


क्याटेगोरी : विचार/आलेख


तपाईको प्रतिक्रिया दिनुहोस