Techie IT
×
गृहपृष्ठविचाररवीन्द्र मिश्रको जन्मदिनमा पूर्व सदस्य सुरेश भट्टको खुला पत्र सहित शुभकामना

रवीन्द्र मिश्रको जन्मदिनमा पूर्व सदस्य सुरेश भट्टको खुला पत्र सहित शुभकामना


आदरणीय रविन्द्र जी,
तपाईले जस्तो प्रेमपत्र लेख्ने अद्भुत क्षमता त म संग खासै छैन, तथापि तपाईको जन्मदिनको अवसरमा खाडीको ४५/५० डिग्रीको तापक्रममा रहदै गर्दा तपाई संगको केही क्षणको कुराकानी र विगतका राजनीतिक सहयात्रालाई स्मरण गर्दै तपशिलका अधूरा संबाद कोर्न मनले बाध्य गरायो l

विवेकशील नेपाली दल र साझा पार्टीको राजनीतिक सहकार्य पश्चात् बनेको विवेकशील साझा पार्टीको देश रूपान्त्रण गर्ने रथयात्रा शुभारम्भका केही महीनामा नै नटबल्टु लूज हुदैगर्दा ‘म’नै थिए अरब देखी फोन गर्दै लूज भएको पार्टीको नटबल्टु टाइट गर्न सविनय अनुरोध गर्ने, स्मरण गर्नू होला !

सम्भव त प्रबासमा विवेकशील साझा पार्टीको विरासत बोकेको टिमको नेतृत्व मैलेनै गर्दै थिए l तपाईमा जस्तै कैयन यूवा‍ युवती हरूमा पनी देश बनाऊने हुटहुटी थियो यहा पनी l त्यस मध्यको यौटा बुबूरो म पनी हूँ l राजनीतिक यात्रामा तपाईले भन्नू भएका कतिपय कुराहरुले ऊर्जा भर्ने गर्दछ, प्रेरणा दिने गर्दछ l तपाई संग सिकेका कुराहरु प्रिय छन l
खाडीमा रही हरपल तपाईले नेतृत्व गरेको पार्टीमा दिलो ज्यान दिएर लाग्ने क्षमतावन युवा साथी‍हरूलाई आरक्षण कोटामा होईन मूलधारको राजनीती गर्ने वातावरण सिर्जना गर्नू हून भूपु सहयात्रीको तर्फबाट सुझाव ग्रहण गर्नू होला l

महाभारतमा लेखिएको छ यदि कसैले सम्झाउँदा मात्रै पनि काेहि अरुले सम्झिने थिए भने त्याे वृन्दावन मा बासुरि वजाउने कृष्ण भगवानले महाभारत काे युद्ध हुन दिने थिएनन् l त्यस्तै दलका सदस्य साथी‍हरूले गरेको अनुनय विनय तपाईले सुन्ने आँट मात्र गर्नू भएको भए पनी विवेकशील साझा पार्टीको रथको पैया सत्र महीनामा फुस्किने थिएन lखैर! दल र पार्टी नामले अलग भए पनी कामले विवेकशील र साझाको उदेश्य एकै हून l
विवेकशील म्याराथन यात्रा गरी आम नागरिकलाई जिम्मेवार नागरिक बनाई देश रूपान्त्रण गर्न चाहान्थ्यो भने तपाइ‍हरू त्यस बखत दुइसय मिटर दौडको यात्रा जस्तै गरी सत्ता प्राप्तिका लागी लाग्नु भयो l

हिजो आज यदाकदा सहकर्मी साथी‍हरूको कुरा सुन्ने आँट गर्नू भएको महसूस गर्दै छू l खुशी लाग्छ हामिले चाहेको पनी त्यही थियो l हामी चाहान्छौ अबको देशको राजनीतिमा दुवै प्रतिपक्ष पनी सुन्न सक्ने विवेकशील होस, सत्तापक्ष पनी विवेकी हून! आम नागरिकले महसूस गर्ने सबैको साझा हून l तपाई आफू मात्र होईन सिङ्गो टिमलाई स्वस्थ आलोचना सहन गर्न सक्ने साझा बन्ने अपेक्षा लिएको छू l

तपाईको नेतृत्वमा रहेकाे पार्टीले जनअपेक्षा अनुरूप काम गर्दै जान सकोस्, विवेकशील साझा बाट साझा विवेकशील बनी अब साझा पार्टीमा परिष्कृत हुदै गरेको पार्टीले पार्टीको नाम मात्र रूपान्त्रण होईन देशकै रूपान्त्रण गर्न सकोस् अग्रिम शुभकामना ll

शास्त्रमा भने जस्तै तपाईको बाकी जिवन द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस l जन्मदिनको अशेष शुभ कामना lll

सुरेश भट्ट आश्रिन (विवेकशिल केन्द्रीय सदस्य) हाल, दोहा कतार
ईमेल: ashrinebhatta007@gmail.com

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस