Techie IT
×
गृहपृष्ठविचारनेपाली राजनीति, विवेकशील नेपाली र मार्गदर्शन 

नेपाली राजनीति, विवेकशील नेपाली र मार्गदर्शन 


२१ औं सताब्दीमा समय सापेक्ष्य देशको नेतृत्व र रूपान्त्रण गर्न अग्रसर भई देशलाई समृद्ध बनाउने चाहना हुनु अपरिहार्य छ । त्यही चाहनालाई वैकल्पिक नीति निर्माणको कडि बनाउन मेचीदेखि महाकाली र कर्णाली सम्म पैदल यात्रा गरी विकट दुर्गम क्षेत्रका जनताको इच्छा, आशा, आकांक्षा र आत्मसम्मानलाई सिरोपर गर्दै त्यसै भूभागको माटो, पानी र विरुवा ल्याई शान्तिभूमि तपोभूमि लूम्बिनीमा देशको राष्ट्रिय झण्डा मुनि एकीकृत भई संकल्प गरी, नेपालको राजनीतिक इतिहासमै पहिलो वैकल्पिक बनेको होे विवेकशील नेपाली दल ।
यूवाहरूको आशाको किरण बनी उदय भएको विवेकशिल नेपाली दलको जब स्थापना भयो त्यसपछी पुराना पार्टी भित्रका असन्तुष्ट व्यक्तिहरूले भटाभट विभिन्न नामकरण दिदै नामको मात्र वैकलिपक शक्तिको मुकुण्डो धारण गरे । पार्टी भित्रका ब्यक्ति मात्र वैकल्पिक शक्तिको मार्ग पछ्याउदै आएनन् दर्जन भन्दा धेरै रिटायर्ड पत्रकार र एकाध विधामा विज्ञ व्यक्तिहरू पनि व्यक्तिगत कम्पनी खोले जस्तै गरी आफ्नो अस्तित्व र पहिचान कायम गर्ने स्वार्थपूर्तिको बाटोमा पार्टी स्थापना गरे र मालिक बने ।

“विवेकशील नेपाली दल स्थापना पछी खोलिएका पार्टीहरूको नीति एकै, सिद्धांत एकै, किन हुन्छ ? पूराना पार्टीको वैकल्पिक विकल्पमा विवेकशील नेपाली दल थिएन र ?”

यदि त्यसो नहुँदो हो त तात्कालिन अवस्थामा विवेकशील नेपाली दलले नेपालको राजनीतिक वृत्तमा नेपाली जनताको आशा र भरोसा मनग्य हाँसिल गर्दै जनअपेक्षा अनुरूप काम गर्दै आएको थियो । विवेकशील नेपाली दल स्थापना पछी खोलिएका पार्टीहरूको नीति एकै, सिद्धांत एकै, किन हुन्छ ? पूराना पार्टीको वैकल्पिक विकल्पमा विवेकशील नेपाली दल थिएन र ?
जब देश राजनीति पार्टीहरूका स्वार्थका कारण बन्दै बन्दले थलिएको, थिलथीलो भएको थियो त्यस अवस्थामा देश खुल्ला छ, बन्दले देश बन्दैन, बन्द सदाको लागी बन्द हुनू पर्छ, भन्दै बाईक र स्कूटरमा दुइ विवेकशील नेपाली दलका युवा नेता केन्द्रिय अध्यक्ष र गोविन्द नारायण सडकमा आएर साहास देखाए तब अहिले आम नागरिक र अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू सोही गर्दै छन्, भन्दै छन् ।
विरोध हिंसात्मक होईन शान्तिपूर्ण हुनूपर्छ भन्दै माईतिघर मण्डलामा कागजको व्यानर, पम्पप्लेट बोकेर शान्तिपूर्ण विरोध गर्दै सवारी साधन निर्बाध चल्न पाउनू पर्छ भनी एक तर्फबाट सडक पेटीमा शान्तिपूर्वक र्याली गर्ने परिपाटी बसाएको कारणले गर्दा पनि विवेकशील नेपाली दल नेपालको राजनीतिमा अग्र पंक्तिमा छ ।
महिला हत्या हिंसा विरुद्ध सडक पेटीमा साडी चोलो लगाई विरोधको सांकेतिक सन्देश दिने कार्यको सुरूवात यिनै विवेकशील यूवाहरूले गरेका हून, देशमा भ्रष्टाचार, व्यथिती र लूटतन्त्र व्यापक भएको बेला देशलाई नयाँ नेतृत्व र आर्थिक वृद्धि समृद्धिको लागी काम गर्नूपर्ने टड्कारो आवश्यकता महसूस गर्दै सडक देखी सदन सम्म सफा गर्ने अभियानको विजारोपण गर्दै विवेकशील नेपाली दलको उदय भएको दरविलो स्तम्भ खडा गरेको थियो । जून आज देश व्यापि सरसफाइ अभियान चलेको छ ।
राजनीतिलाई सेवा ठान्ने विवेकशील नेपाली दलले विनाशकारी भूकम्पको बेला तदारूकता साथ गरेको मानव उद्धार, व्यावस्थापन, हेल्थ र क्यामपियनले गर्दा अहिलेका पार्टीहरुलाई शिक्षा मिलेको छ । आज राजनीतिक दलहरू घर निर्माण कार्यमा लागी परेका छन ।
यो युग सुहाउदो नाराहरू : ‘युवा अघी सर्छ’, ‘देश अघि बढ्छ’, ‘हामिले नगरे कस्ले गर्ने?’, ‘अहिले नगरे कहिले गर्ने?’ जस्ता मन छूने नाराहरू अहिले प्राय जसो यत्रतत्र देख्न सुन्न सकिन्छ । यस कारण विवेकशील नेपाली दल नेपालको राजनीतिक इतिहासमा पृथक दल हो ।

अहिले के गर्दै छ त विवेकशील नेपाली दल ?
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टी विच राजनीतिक सहकार्य भए पश्चात विवेकशील साझा पार्टीको एकीकरणले चर्चा त कमायो तर आन्तरिक मतभेद र व्यक्तिवादी काम गर्ने प्रवृतिले सफलता हासिल प्राप्त गर्न सकेन ।
तथापि, मतबाट प्राप्त शुभेच्क्षालाई आफू स्थापना भएको नीति र मुल्य मान्यतामा अघि बढ्नुको साटो आन्तरिक अविश्वास र नीतिगत अस्पष्टताबीच १७ महिने असफल सहकार्य भंग गरेर विवेकशील नेपाली दल पूर्ववत ‘लामो दुरीको यात्रा’मा फर्केको छ । र, प्रथम नीति सम्मेलनको मुकाम तोकेको छ, गणतन्त्र नेपालको एपिसेन्टर ‘रोल्पाको लिवाङ’ ।
फुल रोप्ने राजनीति गर्नु पर्छ नकि टायर बाल्ने, भन्ने सन्देश दिदै नेपालमा अहिंसात्मक तथा सिर्जनात्मक राजनीतिलाई आत्मसाथ गरेको विवेकशील नेपाली दलले शान्तिको संदेश बोकेर आफ्नो बहुप्रतिक्षित कार्यक्रमका लागि लाल क्रान्तिको केन्द्र रोल्पाबाट स्वेत क्रान्तिको थालनी गर्ने उद्धघोष गरेको छ ।
लेखकः विवेकशील नेपाली दलका केन्द्रीय सदस्य हुन् ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस