Techie IT
×
गृहपृष्ठविचारविदेशमा बदलिदो व्यवसाय

विदेशमा बदलिदो व्यवसाय


सिड्नी — डेढ दशक अघि सिड्नीमा डेरा खोज्दै हिंडदा पुराना सन्चारकर्मी डिल्ली ढकाललाई कम्ती अप्ठयारो परेको थिएन ।भर्खर भर्खर अस्ट्रेलिया आएका डिल्लीका लागि घरदेशवाट परदेशको बसाइ नौलो मात्र होइन,अनौठो पनि थियो । प्वाइन्टको चक्कर र बिश्वासको वातावरणमा कोठा लिन हम्मेहम्मे परेको उनलाई त्यो क्षण सधै संझनामा आउने गर्छ ।

तर अहिले स्वंय ढकाल आफै रियलस्टेट बिजनेशमा ब्यस्त छन । उनी मल्टी डाइनामिक अर्वनमा निर्देशकका रुपमा व्यवसायलाई अगाडि बढाउंदै छन् । घरको ब्यवस्थापन र घरजग्गा बिक्रीबितरण अनि ऋणको सहजीकरण मल्टी डाइनामिकका नियमित कर्म रहेको ढकाल बताउंछन् । परदेशमा नयां र नौलो व्यवसाय सबैका लागि एउटा चुनौतीको विषय पनि हो ।

अस्ट्रेलियामा नेपाली समाज बाक्लीदै गर्दा बजारमा नया र नौलो पेशामा पनि आकर्षीत हुनु स्वाभाविक नै मान्नुपर्छ । रियलस्टेट बिजनेश र परदेशमा घरजमको व्यवस्थापन गर्ने पेशा आफैमा सहज भने होइन र छैन पनि ।

यसमा पनि प्रतिस्पर्धात्मक ठूलो बजार, अस्ट्रेलियन सरकारी मापदन्ड र अनेकन नीति नियम पुरा गरेर अगाडि बढ्नुपर्ने चुनौती आफैमा महत्वपूर्ण कडीका रुपमा रहेका छन् । केहि बर्ष अगाडि अस्ट्रेलियामा फरक सोच र अलग पहिचान बनाएका केहि युवाहरु बिष्णु प्रभात सापकोटा, मेघराज पौडेल र विजय पल मिलेर मल्टी डाइनामिक नामको रियलस्टेटको न्वारन गरेका थिए ।

अहिले यो रियलस्टेटले फ्रेन्चाइजमा नाम र कामलाई अगाडि बढाइसकेको अवस्था हो । मेलवर्न, क्यानबेरा लगायतका बिभिन्न राज्यहरुसँंगै सीड्नीमै पनि अन्य स्थानमा यसको नाम सँंगै काम प्रारम्भ भैसकेको छ ।

कुनै समय थियो अस्ट्रेलियामा डेरा लिन बाउको बिहे देखिन्थ्यो, घर किन्ने त परै जावस थाहै थिएन, तर समयसँगै परिवर्तन आयो ।

नेपालीहरुको संख्यात्मक उपस्थीती बढ्न थालेपछि बिस्तारै माहौल परिवर्तन भएको छ, मल्टी डाइनामिक अर्वनका प्रीन्सीपल तेज कवेंले बताए । कवें भन्छन, अहिले डाक्टर होस वा रियलस्टेट जुनै क्षेत्रमा नेपालीहरुको बलियो उपस्थीती देख्न सक्नुहुन्छ,यो समय र संख्यात्मक बृद्धीले ल्याएको परिवर्तन र नयां सोचको उपज हो ।

बिदेशी भुमिमा पढने वा पैसा कमाउने र अर्काको काम गर्ने हाम्रो संस्कृतीमा पनि परिवर्तन आएको छ, अब नया पुस्ता व्यवसायीक धारमा अगाडि बढीसकेको अवस्था छ ।

२१ औ शताब्दीको यो ग्लोबलाइजेशनको युगमा जुनसुकै पेशामा पनि भबिष्य खोज्न सकिन्छ, तेजले आफ्नो लामो अनुभव सुनाए । यतिखेर मल्टी डाइनामिकले अस्ट्रेलियाको बजारमा घरजग्गा बिक्रि बितरण र ब्यवस्थापनमा अलग पहिचान र अमिट छाप छोड्न सफल भैसकेको छ ।

यसले आफ्नो स्थापनाको केहि बर्षमै हजारौ नेपालीहरुलाई घरजमको ब्यवस्थापन मिलाइसकेको छ भने नया नया सोच र स्वरुपको कार्ययोजना अगाडि बढाउंदै आएको अर्वनका अर्का निर्देशक विजय ज्ञवाली बताउंछन् ।

हामी नयाँ चुनौती र संभावनाको खोजीमा यस क्षेत्रमा आइपुगेका छौ, यसमा नेपाली मात्र होइनन् सबै अस्ट्रेलियनहरु हाम्रा ग्राहक हुन्, ज्ञवालीले सुनाए ।

स्थापनाको छोटो समयमै नाम अनुरुपको काम अगाडि बढाएको मल्टी अर्वनले ग्राहकको सन्तुष्टीलाई पहिलो रोजाइका रुपमा राखेको अल्टी अर्वनका बजार ब्यवस्थापक तिर्थ आचार्यले बताए ।

नेपालीहरुको बाक्लो वस्ती रहेको अर्वन क्षेत्रमा रहेको मल्टी डाइनामीकको स्थापनाको मुख्य उद्देश्य भनेकै सेवाभाव र सहजीकरण हो, जसले यस क्षेत्रमा हात अगाडि बढाउनुहुन्छ उहाँहरुलाई आवश्यक सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

काम गरेपछि माम खाने कुरा त स्वभाविक प्रकृया मात्रै हो, निर्देशक समेत रहेका आचार्यले आफ्नो अनुभव यसरी सुनाए। मल्टी डाइनामिक केन्द्रका निर्देशक बिष्णु प्रभात सापकोटा भने यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको बताउंछन् ।

अनुभवी साथीहरु मेघराज र विजयसँंग मिलेर सुरु गरेको घरजग्गा व्यवसायले केहि बर्षमै ग्राहकको बिश्वास जित्न सकेकोमा सबै धन्यवादको पात्र रहेको सापकोटाले बताए । सबैले गरेको पेशा भन्दा अलग र फरक ेकहि गरौ भन्ने सोचका साथ त्यतीबेला गरेको निर्णय साच्चीक्कै महत्वपुर्ण र आजको आवश्यकता थियो भन्ने कुरा अहिले पुष्टी भएको छ, सापकोटाले सुनाए ।

जे होस जसो होस बिदेशी भूमिमा हरेक क्षेत्र र व्यवसायमा नेपालीहरुको बलियो उपस्थिति आफैमा खुसीको बिषय हो, त्यसमाथि पनि अस्ट्रेलियामा घरजम गर्दा आइपर्ने जोखिम र प्रकृयामा नेपालीत्वको अनुभव गर्न पाउनु महत्वपूर्ण अवसर पनि हो ।

 

  • ~ जीएनएन

क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस