गृहपृष्ठ ∕ विचार ∕ सलह कीरा नेपाल प्रवेश गर्यो, बाराका विभिन्न स्थानमा देखियो सलह कीरा नेपाल प्रवेश गर्यो, बाराका विभिन्न स्थानमा देखियो दीप संञ्चार असार १३, २०७७ गते २१:०६ मा प्रकाशित काठमाडौं – भारत हुँदै नेपालमा सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।क्याटेगोरी : विचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअसफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु…‘विचार भन्दा माथि देश, जय छद्मभेष’ (जय नरेश) धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी