Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाज्ञानेन्द्र शाही, भ्रष्टचार र पत्रकारिता

ज्ञानेन्द्र शाही, भ्रष्टचार र पत्रकारिता


         पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि ।

पत्रकार समाजका एेना हुन् तर आफ्नो धर्मलाई जॉड, सुकुटि र भत्तामा बेचेका, पत्रकारिताको खोल ओढेका दलाल र पार्टि कार्यकर्ताहरूले यो क्षेत्रलाई नै बदनाम गरिसकेका छन् र पत्रकारहरूलाई पत्रूकार भन्न आम मानिसलाई बाध्य बनाएका छन् ।

“पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि ।”

पत्रकारिताको नाममा दलाली गर्नेहरूको पनि यहॉ कमि छैन । पत्रकार हुन भन्दैमा जे पनि गर्ने छुट पत्रकारहरूलाई पनि छैन । यदि पत्रकारहरूले भ्रष्टाचार गर्छन् भने उनिहरूको बिषयमा पनि लेखिनु र बोलिनु पर्छ र ज्ञानेन्द्र शाहीले पनि पत्रकारहरूले गलत गरेका छन् भनेर बोले त के गलत गरे ? उनले उक्त कुराको आफुसंग प्रमाण भएको दावी समेत गरेका छन् । यदि ज्ञानेन्द्रले गलत बोलेका र गरेका भए उनलाई कानुनि हिसाबले सत्यतथ्यका साथ सप्रमाण कारवाहि गर्न सक्नुपर्दछ। कानुनी राज्यको उपहास गर्दै टोले गुण्डाहरुले जस्तै लछारपछार र निर्घात कुटपिट गरेर, प्रहरी ज्यादती गरेर हतोत्साहि गरेर होईन ।

ज्ञानेन्द्र शाही को हुन ? उनी राजावादि हुन वा विप्लव कार्यकर्ता यो संग मेरो सरोकार रहेन । उनलाई मैले चिनेको मात्रै भ्रष्टाचार बिरोधि अभियन्ताको रूपमा हो । यसै सन्दर्भमा मैले उनको अन्तरवार्ता पनि लिएको छु । आफुले पनि नेपाल देखिनै भ्रष्टाचार, ढिलासुस्ति, अनियमितताको बिरूद्द बोल्दै, लेख्दै आएकोले होला ब्यक्तिगत रूपमा भ्रष्टाचार बिरूद्द बोल्ने हिम्मत राख्नेहरू मलाई खास लाग्छन् ।
भ्रष्टाचारले देश खोक्रो पारिसकेको र देश जर्जर अवस्थामा रहेको यो बेलामा हरेक नागरिकले भ्रष्टहरूको बिरूद्द बोल्नुपर्छ र नागरिक आन्दोलन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

ज्ञानेन्द्रले बोल्ने केहि कुराहरूप्रति मेरो पनि समर्थन छैन । ज्ञानेन्द्रले गल्ती गरे कानुन बमोजिम सजॉय पाउनुपर्छ तर भ्रष्टाचार बिरूद्द बोलेकै भरमा सरकार पक्षबाट निर्घात रूपमा कुटिनु र अति नै अमानविय ब्यवहार गरिनु अत्यन्तै निन्दनिय कार्य हो ।

“आफुले पनि नेपाल देखिनै भ्रष्टाचार, ढिलासुस्ति, अनियमितताको बिरूद्द बोल्दै, लेख्दै आएकोले होला ब्यक्तिगत रूपमा भ्रष्टाचार बिरूद्द बोल्ने हिम्मत राख्नेहरू मलाई खास लाग्छन् ।“

 

बिशेष गरेर पत्रकारहरूले एउटा ब्यक्तिको पछि लागेर आफुलाई सहि देखाउने र आफ्नो ताक़त देखाउनु भन्दा भ्रष्टाचारी बिरूद्द स्टिगं अपरेशन गरेर, लेखेर, बोलेर देश खोक्रो पार्नेहरूलाई नंग्याएर आफ्नो काम देखाउने हो धर्म निभाउने हो भन्ने मेरो ब्यक्तिगत बिचार हो ।

प्रहरीद्वारा केही पनि यातना नदिइएका भनिने ज्ञानेन्द्र शाहीको अवस्था ।

सहि र असल पत्रकारहरूले ज्ञानेन्द्र शाहीको पछि लागेर आफ्नो ताक़त देखाउनु भन्दा आफ्नै बिरादरिका भ्रष्ट पत्रकारहरूलाई नंग्याउन सके पत्रकारितामा लागेका केहि धमिरा सफा हुनेथियो, सबैको भलो हुनेथियो जस्तो मलाई लाग्छ।

  • लेखिका: इनेप्लिज मिडियामा आबद्द अमेरीकाकी चर्चित नेपाली पत्रकार हुन् । 

     


क्याटेगोरी : विचार, अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस