Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारकोरोना अपडेट : भर्खरै थप एक सहित संक्रमित संख्या २४६ पुग्यो

कोरोना अपडेट : भर्खरै थप एक सहित संक्रमित संख्या २४६ पुग्यो


काठमाडौं – पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै त्रुटिपूर्ण रिपोर्टिङको पुनः ५ जना तथा काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतका विभिन्न शहरबाट उत्तरप्रदेश हुँदै अबैध रुपमा नेपाल भित्रिने क्रम जारी भए संगै संक्रमितहरु पनि नियमित बढी नै रहेका छन् ।


क्याटेगोरी : विचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस