Techie IT
×
गृहपृष्ठविचारमलाई कोरोना लागे, सार्वजनिक गर्छु, तपॉईं के गर्नुहुन्छ?

मलाई कोरोना लागे, सार्वजनिक गर्छु, तपॉईं के गर्नुहुन्छ?


कोरोना कलंक होईन । नत कसैको गल्ति, ब्यक्तिगत कमजोरी वा छाडापनले लाग्ने भाईरस हो । कोरोना जतिखेर जसलाई जहॉ पनि लाग्न सक्छ । यसले कुनै जात, धर्म, बर्गको मानिस भनेर छोड्ने वा अंगाल्ने होईन । कोरोनाबाट कुनैपनि बेला कोहि पनि संक्रमित हुनसक्छ । कोरोना विश्वभर फैलिएको महामारि हो । त्यसैले कोरोनालाई कलंक नसम्झिउँ ।

“हाल अस्पतालमा नभएका तर संक्रमण लुकाईएकाहरू अझै धेरै छन् । तर उहॉहरूले आफ्नो नाम लुकाईदिन अनुरोध गर्नुभएको छ”

आफुलाई कोरोना लागे आफ्नो सम्पर्कमा आएकाहरूलाई सार्वजनिक गर्ने वा नगर्ने त्यो हामी सबैको ब्यक्तिगत ईच्छ्या, स्वतन्त्रता र अधिकारको कुरा हो । तर कोरोनाको प्रकृति र एकजनालाई लागेपछि गुणात्मक रूपमा बृदि हुने यसको प्रकृति हेर्दा आफुलाई कोरोना लागेको लुकाउनु भनेको हामी स्वार्थी हुनु र हाम्रो सामाजिक दायित्व बोध नगर्नु हो भन्ने मेरो ब्यक्तिगत धारणा हो । तपॉईंहरू यसमा असहमत हुन् सक्नुहुन्छ।

“फेरि पनि भन्छु यो तपॉईंहरूको ब्यक्तिगत ईच्छ्या, स्वतन्त्रता र अधिकारको कुरा हो । तर पनि आफ्नो सम्पर्कमा आएकालाई नभन्नु मानवता पक्का होईन।”

हुनत हाम्रो संकुचित मानसिकता र हामीले कोरोना लागेको प्रति देखाउने गलत सोच र ब्यबहार वा कोरोना लागेकाहरूले हामीले त्यसैगरि नकारात्मक सोच्छौं कि भन्ने डर, भय र त्रासको कारणले पनि सार्वजनिक नगरेको हुनसक्छ।

अहिलेको अनौपचारिक जानकारी अनुसार न्युयोर्कमा मात्रै ३०-३५ जना कोरोना संक्रमणको कारण अस्पतालमा हुनुहुन्छ । हाल अस्पतालमा नभएका तर संक्रमण लुकाईएकाहरू अझै धेरै छन् । तर उहॉहरूले आफ्नो नाम लुकाईदिन अनुरोध गर्नुभएको छ । शायद त्यहि डर, त्रास र हाम्रो समाजले गर्ने दुर्ब्यबहारका कारण नै होला ।

अहिलेको असामान्य परिस्थिति, अवस्था र यसको प्रकृति हेर्दा आफुलाई कोरोना लागेको लुकाउनु र आफुसंग सम्पर्कमा आएकालाई मर्न छोडिदिनु मानवता हुँदै होईन ।

सोच्नुहोस्- तपॉईंले समयमा तपॉईंको सम्पर्कमा आएकाहरूलाई आफुलाई कोरोना लागेको नभनिदिंदा भोली तपॉईं बॉचेर उनीहरू मरे भने तपॉईंलाई जीवनभर कस्तो महशुष होला? के सुखले बॉच्न सकिएला?

फेरि पनि भन्छु यो तपॉईंहरूको ब्यक्तिगत ईच्छ्या, स्वतन्त्रता र अधिकारको कुरा हो । तर पनि आफ्नो सम्पर्कमा आएकालाई नभन्नु मानवता पक्का होईन । हुँदैन होईन । त्यसो नगर्दा स्थिति झनै भयावह हुनसक्छ र हुन्छ पनि ।

म मा मानवता छ र मलाई कोरोना लागे म सार्वजनिक गर्छु । तपॉईं के गर्नुहुन्छ?

  • मानवताको रक्षाको निम्ति म बोल्छु, तपॉईं??
लेखिका: इनेप्लिज मिडियामा आबद्द अमेरीकाकी चर्चित नेपाली पत्रकार हुन्।

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस