गृहपृष्ठ ∕ विचार ∕ लकडाउन अपडेट: पोखरामा भएको प्रभाव लकडाउन अपडेट: पोखरामा भएको प्रभाव दीप संञ्चार चैत्र ११, २०७६ गते १०:५२ मा प्रकाशित काठमाडौं – सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६ बजेदेखि यही चैत १८ गते साँझ ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।यसैबीच नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ । शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका लक्षण, सर्ने माध्यम एवम् बच्ने उपायबारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् ।क्याटेगोरी : विचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न