Techie IT
×
गृहपृष्ठविचारजेसिज, मेरो नेतृत्व र उत्तरदायीत्व

जेसिज, मेरो नेतृत्व र उत्तरदायीत्व


लमही नगर जेसिज वर्ष २०२० को नेतृत्व गर्न अवसर मलाई आएको छ । सर्वप्रथमतः नेतृत्वमा पुर्याउन  साथ समर्थन र हौसलादिनुहुने सबै प्रति आभारी छु र सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। यूवालाई व्यक्तित्वसँगै नेतृत्व विकासमा लैजाले जेसिजले अब यूवा सशक्तिकरण सँगै सामाजिक उत्तरदायित्वका काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ विगतका समयदेखि नै गर्दै आएको छ । समयको गतिशीलतासँगै मैले सन् २०२० मा नेतृत्व सम्हाल्ने अवसर पाएकी छु । नेतृत्वमा म आइसकेपछि मैले गर्नुपर्ने थुप्रै कामहरु छन् । जुन सफलता पूर्वक निर्वाह गर्ने कोशिष गर्ने छु ।

विगतको नेतृत्वलेले थालनी गरेको तर पूर्णता पाउँन बाँकी रहेका कामहरुको अभिभारा त लिने नै छु, साथमा बाँकी उदाहरणीय कार्यको थालनी अवश्य गर्नेछु भन्ने प्रतिवद्द रहेकी छु ।

हामीले गर्नुपर्ने ति कामहरुको योजना र पूर्वाधारहरुको अध्ययनले तीव्रता पाइसकेको छ । लमही नगर जेसिजमा महिला नेतृत्वको एउटा उदाहरणीय, फरक काम के होला त ? भन्ने आम चासो बढिरेको समयमा मैले विगतको नेतृत्वलेले थालनी गरेको तर पूर्णता पाउँन बाँकी रहेका कामहरुको अभिभारा त लिने नै छु, साथमा बाँकी उदाहरणीय कार्यको थालनी अवश्य गर्नेछु भन्ने प्रतिवद्द रहेकी छु । हाम्रो कार्यकाल छोटो समयको हुँने हँदा कतिपय महत्वपूर्ण काम गर्दागर्दै समय वितेको पत्तै हुँदैन । मैले मेरो कार्यकालमा शुरुवात गरेका महत्वपूर्ण कामको निरन्तरता पक्कै पनि म पछिको नेर्तत्वले पुरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

लमही नगर जेसिजले पनि विगतदेखि नै सामाजिक उत्तरदायित्वको काम गरिरहेको छ । अहिलेको वर्षमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछु । हामीले विषेशगरी असहाय तथा टुहुरा बालबालिकाको शिक्षामा सहयोग पुग्ने किसिमका कार्यक्रमलाई निरन्तरता दिने छौं । सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेका बालबालिकाको हामीले खोजी गरी उनीहरुको शिक्षादिक्षामा सहयोग पुग्ने किसिमका विभिन्न र्काक्रम गर्ने कुरा म यहाँलाई जानकारी दिन चाहन्छु । टुहुरा बालबालिकाको शिक्षाका लागि लाग्ने शिक्षण शुल्कदेखि पोशाक, शैक्षिक सामाग्री लगायतका काम हामीले गर्नै अठोट लिएका छौं ।

जेसिज भनेपछि नै व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको छ।

हामीले अहिलेको सरकारले घोषणा गरेका भ्रमण वर्षलाई पनि सफल बनाउन विभिन्न कार्यक्रम गर्नेछौं । हाम्रो नेतृत्व नै भिजिट नेपाल वर्षभरी रहने भएकाले पर्यटन वर्षलाई सफल बनाउन गरिने विभिन्न किसिमका क्रियाकताप गर्ने छौं । जेसिजका कार्यक्रम पर्यटकीय स्थलहरुमा गरेर तथा हाम्रा सञ्जालमा जोडिएका युवालाई दाङ्गको पर्यटकीय स्थलको परिचय दिएर हामीले पर्यटन प्रवर्द्धनका लागि काम गर्ने योजना बनाएका छौं ।

जेसिज भनेपछि नै व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको छ । युवाको विकासका लागि हामीले विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्नेछौं । साथै व्यवसाय प्रवर्द्धनका लागि युवालाई विभिन्न किसिमका व्यवसायीक तालिम पनि प्रदान गर्ने उद्देश्य लिएका छौं । एउटा सफल यूवा व्यवसायीले आफुले मात्रै मुनाफा लिदैन, उस्ले राष्ट्र र बाँकी कैयन यूवाहरुलाई पनि लाभ दिने छ ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस