Techie IT
×
गृहपृष्ठविचारवैकल्पिक राजनीतिमा यूवा

वैकल्पिक राजनीतिमा यूवा


  • जय शंकर शाह 

आज पनी चिया पसलमा १ दर्जन युवाहरू देशका नेतालाई सम्झदै सराप्दै थिए l यार ‘दाईले चुनाव जितेपछी हाम्रो लागी गर्ने भनेको काम किन भएन?’ अर्को बोल्छ, ‘दियो त यार भने जती पो दिएन,’ अर्को बोल्यो ‘छाड यार अब आउने चुनावमा पहिले लिने अनी काम गर्दिने l’

हामिले खाली नेताले काम गरेन, यो गर्यो त्यो गर्यो भन्ने मात्र गर्यौ, तर नेतामा नैतिकता र इतिहाँस जोगाइ राख्ने साहस कहिल्यै खोजेनौ l व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर हेर्ने चाहना नै राखेनौ, आफ्नो घर परिवार, समाज र देशको बारे सोच्न हामिलाई समय नै भएन ! चुनाव आउछ उसैलाई भाेट दिन्छौ र देशलाई दाेहन गर्ने अशान्ति फैलाउने, भ्रष्टाचार गर्ने लाई होस या यस्ता व्यक्ति आबद्ध पार्टीको हाैसला थप्दै फेरी उसैलाई जिताउन पछी लाग्छौं l

फेरी पनी अबिर फुलमाला बाेकेर स्वागत गर्न जान तयार छ युवा, अनि दङ्ग पर्दै रमाउछ, मानाै उसले साक्षात भगवानकै दर्शन पायाे अनि २१  सताब्दी काे कुरा गर्दै चिया पसलमा कुरा गर्छ हाम्राे पार्टिले जित्याे l

उदेग लाग्छ, साथी तपाईको पार्टीले जीतेको भए त केही न केही परिवर्तन हुन्थ्‍यो! यहाँ त केवल व्यक्तिले जित्यो, देशको इतिहाँस सखाप पार्नेहरूले जिते, तपाई हाम्रो पहिचान सक्नेहरूले जिते, तपाई हामी विच दरार उत्पन्न गर्न सक्ने शक्तिशाली व्यक्तिले जित्यो l

देशमा बहुदलीय व्यवस्था आए पछी व्यक्ति जित्ने प्रथा चरम हुदै गयो, भएका खोला नाला, वनजंगल, जग्गा जमीन र हाम्रो संस्कार र संस्कृति माथी सामूहिक रूपमा तपाईले भोट दिनु भएका व्यक्ति‍हरू बाट दोहन हुदै गए l

बार्हैमासा सुन फल्ने तराईका समथर विगौविगा फाँटहरूमा परिचालित यिनै व्यक्ति‍हरू द्वारा धनी पुर्जा र लालपुर्जा हातमा हुँदाहुदै सर्यो जङ्गे पिल्लर र हामी हुँदै गयौ भूमिहीन सूकुम्बासी l

“जनता भूमिहीन भएर सूकुम्बासी बने त केही हुने थिएन,यहा त पहिचान नै सूकुम्बासी बन्यो, हाम्रो संस्कार, संस्कृती र नेपाली पहिचान पहिरन “भाङ्ग्रो, टोपी र धोती जोगाइ राख्न पनी तराईका यूवा‍हरू अबको बाटो विवेकशील राजनीतिमा आउन आवश्यक छ”l

वर्तमान नेताले विविधताले सम्पन्न गुरु रास्ट्र नेपालको अस्तित्व लाई नै धारासायी बनाई दिएका छन् l  हिमालको साथी तराई झरेर गाला मिलाउन नसक्नू,एकले अर्काको अस्तित्व ग्रहण गर्न नसक्ने अवस्था बन्न पनी यिनै मिलीभगत खाने स्वार्थी नेताहरुले गर्दा भएको छ l

तराईबासी पाहाड निस्कन नसक्ने जर्जर अवस्था बन्नु पनी यिनै कटप्पाहरुको चलखेल नै थियो l ७० बर्ष देखी देशको सासन सत्तामा र्याल चुहाउदै आएका पार्टी र नेताहरुले आज सम्म नागरिकलाई आत्मसम्मान र देशलाई राष्ट्रीय गौरवको सम्पदा हस्तान्तरण गर्ने किन सकेन सोचौँ !

हिमाल, पहाड र तराई जोड्ने एकले अर्काको सहअस्तित्व स्विकार गर्न सक्ने, सबैले आत्मसम्मानका साथ देवभूमि तपोभूमिलाई विश्वमाझ अस्तित्वमा ल्याई हाम्रो धार्मिक सहिष्णुता, मालिक पहिचान र रतिथी संस्कार सम्पदाको रक्षा गर्दै गुरु रास्ट्रको रुपमा नेपाललाई पुनः स्थापित गर्दै समृद्धि र समवृद्धि ल्याउनका खातिर नेपाली यूवा‍हरूले विवेकशील राजनीति गर्नूपर्छ l

लेखक विवेकशील नेपाली कतारको शाखा एकाईका वरिष्ठ सल्लाहकार हून l


क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस