Techie IT
×
गृहपृष्ठविचारविवेकशील नेपाली दल र सत्यवती

विवेकशील नेपाली दल र सत्यवती


भगवान श्रीकृष्णले धर्मयुद्ध हुनू अघि कौरव र पाण्डव लाई भन्नू भएको थियो, मलाई लिन्छौ की मेरा सहस्त्र लाखौँ सेना लिन्छौ ? कौरवले सोचे, लाखौँ कृष्णसेना पाए शक्तिशाली भइन्छ, युद्ध सजिलै जित्न सकिन्छ, पाण्डुहरूलाइ परास्त गर्न सकिन्छ। तब पाण्डवले कृष्ण लिए, कौरवले सेना l

लाखौँ सेना प्राप्त गरेपछी कौरवहरू अहङ्कारले यती मत्ता हात्ती जस्तो भए मानव धर्म विरुद्ध अधर्मको बाटो समाते , मानौ अहिलेको दुइ तिहाई को शक्तिशाली सरकारले जस्तै दम्भ, मैमत्ताले आफ्नो शक्ति सन्तुलन गुमाए, जस्तै भष्टाचार, राष्ट्रघात, वेथिती, बलात्कार गर्दै पद र शक्तिको गलत दुरुपयोग गरे पश्चात सुरू भएको थियो सत्य र असत्य विचको युद्ध l

मैले धर्म र ज्ञानको पाठ सिकाउदै छैन, केवल सत्य र असत्यको पर्दा खोल्ने चेष्टा मात्र गरेको हूँ l जहाँ सम्म सत्य नै धर्म हो र असत्य नै अधर्म l

विवेकशील नेपाली दल (उप निर्वाचन कास्की-२ मा चुनाव चिन्ह गुलाब) सत्यको पक्षधर हो l नेपाली राजनीतिमा शक्ति सन्तुलन स्थिर बनाउँदै राजनितिक संस्कार, सू-संस्कृत परिपाटी स्थापित गर्दै वैकल्पिक मार्ग व्यस्थाको सूत्रधार बनेको छ l सत्यको पक्षमा उभिएका सानो संख्या भएकाले इत्यादीले गर्दा पाण्डव मान्न सकिन्छ l

आज लगभग १५४-१५५ पार्टीहरु मैले माथि भनेझै कौरव बनेका छन् l देशको परिवेश लाई साथ दिदै एक कित्तामा उभिएका छन, असत्य माथी राज गर्दै विजय खोजिरहेका छन्, सत्यको पक्षमा केवल विवेकशील नेपाली दल l

यदि उनिहरू सत्मार्गमा हिड्ने हो भने विवेकशील नेपाली दलले वैचारिक सत्यको युद्ध चाहान्न थियो l तर त्यो सम्भव छैन l इतिहाँसको सुस्म अध्यन गर्ने हो भने पाण्डवहरूले त्यस बेला पनी युद्ध गरेका थिएन्न, युद्ध लड्न विवश पारिएको थियो l अहिले हामी युवालाई (विवेकशील नेपालीलाई) राजनीतिमा आउनै पर्ने बाध्यता परे जस्तै l

शत्यपथका राजनीति गर्ने विवेकशील नेपाली दल र असत्य माथी अझैपनी राज गर्ने दुस्साहस गरेका पूराना पार्टीहरु विच वैचारिक युद्धाभ्यास देशको बिभिन्न स्थानमा आरम्भ भएको छ l देश र जनता जिताउने यस लडाईमा कास्की-२ कुरुक्षेत्र बनेको छ l

यस निर्वाचनमा (लडाईमा) सत्यको पक्षमा विवेकशील नेपाली दलको तर्फबाट सिङ्गो एक महिला नेत्री जमुना शर्मा गुलाब फूलको साथमा हुनूहून्छ भने कयौँ कौरवहरू सेनामेना, दलबदल सहित छन l

विवेकशील नेपाली दलले शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा, रोजगार, सुशासन र समृद्धिका लागी विगूल फ़ूक्दै निर्वाचनमा लड्ने शंखघोष गरेको छ l मायावी कौरवहरू सही भेष धारण गर्दै आउदै छन l तर यो निर्वाचन (युद्द) सत्य र असत्यको नै हो l मतदाता नागरिकले श्रीकृष्ण बनी सत्यको पक्षमा साथ दिनू पर्दछ l

हामीलाई हार संग डर कदाचित छदैँ छैन, हामीलाई डर देश सकूनीको पासामा पर्यो भने के हुन्छ भन्नेमा छ l सोचौं त! यिनी‍हरुले राज गरेको देश सात दशकमा कहाँ छ ?

हामिले कती बर्षसम्म देशलाई हरिकंङ्गाल बनाई रहने ? कहिले सम्म हाम्रा नेपाली युवाहरु कौडीको मोलमा बिकिरहने ? छोरा,छोरानातीको खुशी खोज्दै कती भौंतारिदै हिड्ने? देशको विकास र समृद्धि सम्भव छ l तर हामी नागरिकले सम्भव देख्नै सकेनौँ l अशल नेतृत्व गर्ने दूरदृष्टि सोच विचार भएका व्यक्तिलाई कहिल्यै पनी जिताएनौँ  l

जनताको तिरो र कर खाएर सदनमा सूत्ने हरिलठ्ठक लाई जिताउँछौ अनी देशको र आफ्नो भविष्य खोजेर पाइएला ? सचेत रहौँ, अचेत नबनौँ ! यसपाली हुने कास्की-२ को निर्वाचनमा भोट गुलाबको फुलमा हालौ ! अनि हेरौ एक सत्यवती र कौरव विचको देश प्रेम र समृद्धिको भोक ।

(लेखक विवेकशील नेपाली दलका केन्द्रिय  सदस्य हुन्, ईमेल : ashrinebhatta007@gmail.com )

क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस