सभामुख काण्ड, कमुुनिष्टहरु र आम माफी
काण्डै-काण्डमा मुछिएका सभामुखका लागि के सती जादै छन् त कमुुुुनिष्टहरु ? उहिलेका बुढापाखाहरुको भनाई थियो कि मान्छेले थुतुनो र मुतुनो जोगाउनु पर्छ तर अहिलेको सन्दर्भमा बामपंथीहरुले आफ्नो आफ्नो मुतुनो र थुतुनो ठेगान लगाएर हिड्ने बेला आएको छ र कृष्ण बहादुर महराले आफुलाइ समाल्न नसके पनि आफ्नो पद र सम्मानित सचिवालयलाई सम्माल्न सक्नु पर्थ्यो र यो कुरालाई बामपन्थीहरुले पनि राम्रोसङ्ग बुझ्न् जरुरी देखिन्छ ।
यदि नबुझे महराको छाडा लिङ्ग संगै बामपंथी सोच र बामपंथी बिचारधारा पनि सति जाने घाम जस्तै छर्लङ्ग देखिन्छ । सबै तिर दबाब सामना गरेर भए पनि अन्त: महरालाई पक्राउ गरी एक कदम अगाडि बढेर आफुलाई जनताको पक्षमा देखाउन खोजे पनि नाटक मन्चन गरी बलात्कारी बचाउ अभियानमा नेकपाको हर्कत प्रष्ट देखिन्छ । तेस्को एउटा अधार के भने पटक पटक बलात्कार गर्ने प्रयास गरेपनि यो पटक बलात्कार गरेरै छोड्यो भन्ने प्रष्ट भिडियो आइसक्दा पनि प्रयासमात्र गरेको मिसिल तयार हुनु नै नेकपाको मति कतातिर छ भन्ने सजिलै अड्कल गर्न सकिन्छ । अब रास्ट्रपतिमा निहित आम माफी गर्ने प्राबधानलाई दुरुपयोग गरियो भने यो बलात्कार गर्ने प्रयास मात्र गरिएको भन्ने मिसिल योजना बद्द तरिकाले नाटक मन्चन गरिएको हो भन्ने मा दुइमत हुने छैन । खबरदार यो जनतालाई कदापि स्वीकार हुने छैन ।
सबैधानिक ब्याक्तीले नै येस्तो हर्कत गर्द्छ्न भने छोरी, महिला, नारी कहाँ सुरक्षित छिन त ? नेपालको मुटु राजधानी त्यही पनि संविधानलाई प्रष्ट रुपमा बुझ्ने प्रष्ट बोल्न सक्ने एउटा सचेत शिक्षितनारी सांसद सचिवालयमा कार्यरत एक ब्याक्तित्वकै रातारात एउटा राष्ट्रको सभामुख जस्तो गरिमामय पदमा आशिन ब्याक्तीले नै येस्तो हरकत गर्दछ भने हामी सर्ब साधारण नारी कहाँ सुरक्षित भयको महसुस गर्ने त ? हामी कतिबेला कसरी लुटिन्छौंं र लुटिदैछौं भन्ने कुराको येसै घटनाबाट प्रस्ट हुन्छ ।
घटनाको विस्तृत विवरण सुन्दा कानुनका रखवाला गर्दै आएका रखवालाहरुनै कहाँ चुके त ? के भएर एउटी नारि आफ्नो अस्मिता लुटिएको बिबस नारिलाइ रातारात किन बयान फेर्न बाध्य बनाइन्छ ? त के हाम्रो देशमा न्याय मरेकै हो त ? कि ठुला लाइचैन र सानालाइ ऐन भन्ने उखान लाई साबित गरेको होत ?यदि ती पीडित महिलालाई उनको डेरा छेउको कुनै मान्छेले जबर्जस्ती गरेको थिए भने के उनले उन्मुक्ती पाउथे होला त ? यो सबै सर्वसाधारणको मनमा उब्जने प्रश्न हुन ।
यदि महराले उनलाइ जबर्जस्ती गरेका थीएनन भने बेअर्थको राजिनामा किन आयो के उदेश्य ले उनले राजीनामा दिए त ? उनी पीडित महिलाको कोठामा गएका थीएनन भने कसरी उनको फुटेको चस्मा र जुत्ताको तलुवा पीडित महिलाको को कोठामा आयो त ? यो सबै कुराले प्रष्ट हुन्छ कि महरा नै दोषि छ्न ।
एउटालाई जबर्जस्ती गरिसके पछि उनको मानस पटलमा के कस्ता कुराले बास गर्दछ र उनको हबिगत के भयो होला भन्ने कुराको आकलन हामी नारिले गर्न सक्छै र गर्नु पर्दछ तेसैले बिबिन्न किशिमका नचाहिने टिका टिप्पणी गरेर नारीको सहन सिलताको फाइदा उठाउने दुस्साहस कसैले नगरोस । सम्पूर्ण प्रमाण सहित पीडितलाई न्याय दिन तर्फ राज्य लाग्नुपर्छ सबै कुराको छानबिन हुन जरुरी छ र आवश्यकता पनि ।
क्याटेगोरी : विचार
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस