Techie IT
×
गृहपृष्ठविचार‘विचार भन्दा माथि देश, जय छद्मभेष’ (जय नरेश)

‘विचार भन्दा माथि देश, जय छद्मभेष’ (जय नरेश)


विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य नरेश भट्ट आश्रिनले विरोध जनाएका छन् ।

भट्टले  फेसबुक मार्फत यस्तो स्टाटस लेख्दै विरोध जनाएका हुन् ।

यस्तो छ –

वैकल्पिक राजनीतिको आडमा लोकप्रियता कमाएका स्वेच्छाचारी रविन्द्र मिश्रको वैचारिकता र इमानदारीताको नांगो पतन पार्टी एकताको दस्तावेज लत्त्याउँदा ताका नै भएको थियो ।

नाथे म राजावादी  हुँ, भन्न पनी वैकल्पिक राजनीति गरेको, प्रगतिशीलवादी बनेको नकाव लगाउन पर्ने ?

राजनीतिमा सबै विचारहरूको सम्मान गरिन्छ । रविन्द्र मिश्रलाई राजावादी हुन पनि छुट छ, र मलाई गणतन्त्रवादी हुन पनि छुट छ। सङ्घीयताको समर्थन गर्न पनि छुट छ। विरोध गर्न पनि छुट छ। धर्म सापेक्षको वकालत गर्न पनि छुट छ, धर्म निरपेक्षताको वकालत गर्न पनि छुट छ। तर मेरो र मेरो पुस्ताको सपना मार्ने छुट कसैलाई छैन ।

तपाईँ आज गणतन्त्रवादी अनि भोलि राजावादी अनि पर्सी फेरी आतंकवादी बन्न पाउनुहुँदैन। आफू उभिएको प्रमुख मुद्दाहरूमा भोटको निराशा हेरेर आफ्नो आधारभूत मान्यता बदल्नु पार्टीका समर्थक कार्यकर्ताहरूलाई बेइमानी गर्नू हो। धोखा हो। छद्मभेष हो ।

प्रिय पार्टी समर्थहरू :

विवेकशील साझा पार्टी ‘संघीय लोकतान्त्रिक गणतन्त्रू का मर्मलाई वकालत गर्दै आएको छ । विगत १० वर्षदेखि वैकल्पिक राजनैतिक मुद्दामा प्रतिबद्ध छ। हाम्रो राजनीति यात्रा निम्न मुद्दा स्थापित गर्न हो। कूनै वंशईतरका व्यक्तिका रैती रभारदार बन्नलाई होईन ।
‘व्यवस्था होइन, अवस्था परिवर्तनु अबको राजनीतिको मन्त्र हो।

अझै पनि व्यवस्था परिवर्तनको नाउँमा छोरा-छोरीको पुस्ता पनि खेर फाल्ने र देशलाई अस्थिरतातर्फ डोर्‍याउने छूट कम्तिमा पनी मलाई छैन । संविधान कति चोटि बनाउने र गिजोल्ने रु आज फेरी पनि यी मुद्दाहरूमा आन्दोलन गरिरहने ?
आउनूहोस् व्यवस्था सुधारौँ, नागरिकको अवस्था परिवर्तन गरौँ।
वैकल्पिक राजनीति – ‘डेलिभरी’ को राजनीति
वैकल्पिक राजनीति – प्रोग्रेसिभ डेमोक्रेटिक पार्टी

वैकल्पिक राजनीतिको मुख्य प्रस्तावहरू :
संरचनागत मुद्दाहरू-
➼ गणतन्त्रको सुदृढीकरण,
➼ संस्कृति, परम्परा बचाउँदै प्रलोभनको आधारमा हुने धर्म परिवर्तनलाई कडा कानुनको दायरामा ल्याउने व्यवस्था सहितको धर्मनिरपेक्षताको रक्षा
➼ सङ्घीयतामा आवश्यक सुधार
➼ तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैर संसद् सदस्यको मन्त्रीमण्डलको शासकीय व्यवस्था
➼ राइट टु रिजेक्ट, राइट टु रिकल, विदेशमा रहेका नेपालीलाई भोटिङ राइट लगायत निर्वाचन प्रणालीमा व्यापक सुधार
आर्थिक – सामाजिक मुद्दा
➼ रोजगारी र उद्यमशीलताका निम्ति समान पहुँच र वातावरण
➼ निःशुल्क र गुणस्तरीय शिक्षा
➼ सर्वसुलभ स्वास्थ्य सेवा
➼ सामाजिक न्याय
➼ प्रत्येक नेपालीको आत्मसम्मानको रक्षा
➼ हाम्रो संस्कृति र सम्पदालाई विश्व सामु चिनाउन ‘गुरु राष्ट्र’ को अवधारणा
आदीमा अघी बढौँ ।

नरेश भट्ट ‘आश्रिन’को फेसबुकबाट साभार


क्याटेगोरी : विचार
ट्याग : #breaking, #सुरेश भट्ट आश्रिन

तपाईको प्रतिक्रिया दिनुहोस