Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारफोहोर भित्रको फोहोरी राजनीति

फोहोर भित्रको फोहोरी राजनीति


गत एक हप्ता देखि चर्चाको विषय बनेको काठमाडौको फोहोर अहिले काठमाडौ बासी मात्र नभएर देश तथा बिदेश सबैको नाक सम्म गन्हाइरहेको छ ।

फोहोरको वर्गीकरण र सेग्रीगेसन फोहोर उद्गम स्थलमा गर्दै जादा फोहोर ब्यबस्थापनमा पक्कै सजिलो हुने छ तर बर्सौ देखि एउटै कार्यशैलीमा जरो गाडेर बसेको जनमानसको मानसिकता र व्यबहारमा एकै चोटी परिवर्तन गर्न त्यति सजिलो पक्कै छैन। सन्सारका जति बिकसित देशहरुले फोहोर ब्यवस्थापनमा गर्ने अभ्यास पनि यहि नै हो ।

जब फोहोर वर्गीकरण गरिन्छ त्यसपछि प्रसोधनजन्य फोहोर हरु प्रसोधनका लागि लागि सके पछि र जैबिक पदार्थ सहितको फोहोर मलका लागि प्रयोग गर्न थाली सके पछि फोहोर संकलन केन्द्र मानिएको सिसडोल र बन्चरे डाडामा लैजाने फोहोरको मात्रामा पक्कै कमी आउने छ।

यसको लागि सबै भन्दा ठूलो चुनौती भनेकोनै फोहोरको वर्गीकरण हो । जब फोहोर वर्गीकरण भैसक्छ , तब ब्यबस्थापनका लागि अनेक तरिकाहरु आउने छन ।हरेक टोलटोलमा स(सान जैबिक मल उत्पादन केन्द्रहरु निर्माण गर्न सकिनेछ ।हरेक घरबाट किलोको दरले शुल्क तिरेर फोहोर सन्कलन गर्न सकिने छ , सन्कलित फोहोर जब जैबिक मलमा परिणत हुन्छ अनि त्यही मल तिनै घरहरुलाई कौशीखेती र त्यही वडा भित्रका पार्क र सरकारी भवनका कम्पाउन्डका फुलबारीमा प्रयोगका लागि हुने छ।

हरेक योजनाको एउटा प्रकृया हुन्छ र सो प्रक्रिया पूरा गर्नका लागि समय चाहिन्छ । काठमाडौ महानगरपालिकाको फोहोर ब्यबस्थापनका लागि चोक चोकमा कुहिने र नकुहिने जन्य फोहोर राख्न दुई फरक रङका कन्टेनर राख्ने तथा प्रसोधन केन्द्र स्थापना गर्नका लागि महानगरले उद्दमी तथा व्यावसायीहरुलाई प्रोत्साहन गर्ने ,सहुलियत दरमा ऋण प्रवाह गर्ने , महानगर आफैले पनि अत्याधुनिक मेसिन खरिद गरि आवश्यक एरियामा जडान गर्ने , हरेक वडा वडामा पर्याप्त ब्रुमरको ब्यबस्था गर्ने , धार्मिक तथा सास्कृतिक स्थलहरुमा पर्याप्त कुचीकारहरु भर्ती गराउने तथा सडक सरसफाइको काम रातीमा गर्ने जस्ता कार्यक्रमहरु पक्कै आउने छन ।

महानगर सफाइको जिम्मा मेयर बालेन शाहको मात्र हैन । उहामा एउटा भिजन छ , काम गरौं भन्ने इच्छा शक्ति प्रवल छ जुन स्पष्ट बाहिरी नजरले आन्कलन गर्न सकिन्छ तर त्यसो भन्दैमा रातारात कायलपलट भैहाल्छ भन्नु चाहिँ गलत हो । बालेन शाहको ‘लौरो ‘केवल चुनाव चिन्ह हो तर गलत सोच्नेहरुले यसलाई ‘जादुको छडि’ सम्झिए अनि छुने बित्तिकै कायलपटल भैहाल्छ भन्ने सम्झिएर आलोचना शुरु गर्न थाले जुन सरासर भ्रम हो ।

बिसौ बर्स देखिका समस्या र अधुरा माग अनि भोट माग्ने बहानामा फैलाइएका भ्रम र आश्वासनलाई सबै बालेनको टाउकोमा थुपारेर सिसडोल र बन्चरेडाडा बासीले सडक बन्द गराउनु उचित हैन । काम गर्न समय दिनु पर्छ ।बिसौ बर्सको समस्या बिस दिन पनि नपुगी समाधान भैहाल्छ भनेर बाटो अवरोध गर्नु गलत हो । फोहोर प्रसोधन गर्न मेसिन नै डेलिभरी गर्न, फिटिङ गर्न र, सिमेन्ट सुक्न त केही दिन त लाग्छ नि तर त्यति समय पनि धैर्य गर्न नसक्नु र तत्काल बिरोधमा उत्रनुले सिसडोल बासी र बन्चरेडाडा बासीको चेतनास्तर माथी प्रश्न उठिरहेको छ ।

उनिहरु आफ्नै स्वविबेकले बिरोध गरिरहेका छन या कोहि मार्फत परिचालित छन रु फोहोर माथी फोहोरी राजनीतिकरण गरि धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै बालेनलाई असफल तुल्याउन थुप्रै शक्ति र गुट उपगुटहरु हात धोएरै पछि लागि रहेका छन । कतै तिनै शक्तिहरुको करामत त हैन यो बिद्रोह रु भन्ने आसन्का पनि जनमानसमा छाएको छ । बालेनको पटक पटक भ्रमण र त्यहाका स्थानिय बासिको स्वास्थ सम्बन्धमा बाराम्बार उठाइरहेको चासो देख्दा सिसडोल र बन्चरे डाडा का बासिन्दाको हितका लागि पक्कै केही सुधारका कार्यक्रम बन्नेछन ।

तर कतिपय मिडियाहरुले तीललाई पहाड बनाएर आम नागरिक प्रती बालेनको विजयलाई नकारात्मक तर्कले भरेर टिप्पणी गर्ने र सिसडोलबासी र बन्चरेडाडा बासी प्रती सहानुभूति देखाएको नौटन्की गर्दै आफ्ना भ्युअर र रिडर बढाउने गरेव पित पत्रकारिता गरेको पनि देखिन्छ । यति बेलाको यो संक्रमणकालिन अवस्थामा सबैले धैर्य र संयम हुने बेला हो । सबैको मन जितेर एउटा नया सोच जोश र जागर बोकेर एउटा युवा अगाडि बढेको छ। सबैको साथ सहयोगले मात्र सफलता हात पार्न सकिन्छ । हामी काठमाडौलाइ सुन्दर र सफा हराभरा शहर भएको हेर्न चाहन्छौं तर फोहोर माथी गरेको राजनीति किमार्थ सैह्य हुने छैन । हरेक दिन फोहोरको कन्टेनर बोकेर सिसटोल र बन्चरेडाडा बस्ती पुगेर फर्केने टिफ्फर हरु रित्तै फर्कन्छन ।

सदुपयोग गर्न सक्ने हो भने जादा फोहोर बोकेर जाने गाडी काठमाडौ फर्कदा अर्गानिक मल बोकेर फर्कनु पर्थ्यो । आज बाटो छेक्न उक्साउने तत्वहरुले ‘फोहोरलाई मोहोर मा बदलौ’ भन्ने सन्देश सिसडोल र बन्चरेडाडा बासिलाइ कहिल्यै बाढे कि बाढेनन होला ? उचित ब्यबस्थापन र सदुपयोग गर्न सकेको खन्डमा फोहोर त एउटा कच्चा पदार्थ हो जो सित्तैमा खेर गैरहेको छ । प्राबिधिक टोलिका अनुसार प्लास्टिकबाट बन्ने पदार्थ सडक पिचमा प्रयोग गर्न सकिन्छ जसको परिक्षण र प्रयोग बढाउन सकिन्छ ।

त्यसैले यो परिस्थितिमा आमनागरिकहरुको कर्तव्य भनेको सबैले आफ्नो आफ्नो घरमा कम्सेकम दुईवटा डस्ट बिन अनिबार्य राखौं । कुहिने र नकुहिने सबै फोहर छुट्याएर राखौ ,हरेक बिद्दालयहरुले आफ्ना बिद्यार्थीहरुमा सचेतना कक्षा चलाऔ । एनजिओ आइएनजो जस्ता सस्थाहरुले चोकचोकमा या बिपन्न बस्तिहरुमा आवश्यक डस्टबिन बाड्न सहयोग गरौं । नगरपालिका भित्रका वडाहरुले आफ्ना आफ्ना टोलमा घर भित्रक अर्गानिक फोहोर बाट अर्गानिक मल बनाउने हाते कन्टेनरहरु बितरण गरौं । कडा नियम बनाऔं । सचेतनामुलक कार्यक्रम चलाउने सस्थाहरु सिसडोलबासी र बन्चरेबासी जनताको घरदैलोमा उनिहरुलाइ कन्भिन्स गर्न लागौं । केही समय ‘पर्ख र हेरू को सिद्धान्त अनुरुप धैर्य हुन अनुरोध गरौं ।

उद्दमी ब्यबसायीहरुले फोहोर ब्यनस्थापनमा सहयोग मिल्ने खालका उद्दोग तथा कारखानामा लगानी गरौं , ठ्ला ठुला ग्रेडका निर्माण व्यावसायीहरुले कम्सेकम एक एक ओटा ढुवानी साधन छ महिनाका लागि निशुल्क महानगरलाई सहयोग गरौं , ढुवानीमा प्रयोग भएका डेमेज कन्टेनरहरुलाई मोडिफाइ गरी पोर्टेबल ट्याइलेटको रुपमा प्रयोग गरौं ।

अन्तमा सिसटोल र बन्चरेडाडा बासीहरुमा अनुरोध के छ भने काठमाडौ सबैको साझा साघुरो थलो हो जहाँ ूरहर र बाध्यताू दुबै कारणले मानिसहरु बसेका छन ।सायद तपाईंहरुका छोराछोरीहरु पनि पढ्न, लेख्न या जागिरका लागि पक्कै पनि काठमाडौमै बसेका होलान । तपाईले बाटो अवरुद्ध गरेको कारण फोहोर ब्यबस्थापनको प्रकृया रोकिदा त्यही सन्कलित फोहोरको दुर्गन्धको कारण तपाईं आफ्नै सन्तानको पनि ज्यान तलमाथी भयो भने त्यस्को जिम्मेवार को रु बरु आउनुस , सुधार अभियानमा लागेका मेयर लगायत सबै सिङ्गो टिमलाई सहयोग गर्नुस , निर्माणकार्यका लागि कुनै अल्टिमेटम टाइम लाइन दिनुस ,स्थानीय स्तरमा बनिसकेका फोहोर ब्यबस्थापन परियोजनामा स्थानियको रोजगारीका लागि माग पेश गर्नुस ,बृक्षरोपण तथा हरियाली बढाउन सहयोग गर्नुस । तपाई हाम्रो सबैको साथ सहयोग मिल्यो र फोहोर प्रशोधन गर्न पर्याप्त उपकरण जडान हुन सके भने भोलिका दिनमा किलोको हिसाबले फोहोर दिनुस भनेर घर घर फोहोर संकलन गर्न हिड्न पर्ने दिन आउन समय लाग्दैन । सिसडोल र बन्चरे डाडामा फोहोर बोकेर जाने कन्टेनर देख्न पनि मुस्किल हुने समय आउन सक्छ ।

लमजुङ
हाल कतार


क्याटेगोरी : विचार, विचार/आलेख
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस