Techie IT
×
गृहपृष्ठविचारबीपीको मेलमिलाप नीति र काँग्रेसको बाटो

बीपीको मेलमिलाप नीति र काँग्रेसको बाटो


नेपालको प्रजातान्त्रीक आन्दोलनमा नेपाली कांग्रेसको जुन भूमिका र स्थान छ त्यो भन्दा अझ माथि जननायक बिपी कोइरालाको स्थान छ । शाह  र एक तन्त्रिय जाहानिय शासन पद्दतिमा जगाडीएको नेपालको राजनीतिको इतिहासमा जनताप्रति उत्तरदायी राज्य व्यवस्थाका आधारमा सामाजिक न्याय र नागरिक राज्यको स्थापना गर्ने अभियानमा नेपाली जनतालाई प्रेरित गर्न विस्वेस्वर प्रशाद कोइरालाको महत्व पूर्ण योग्दान छ ।

उहाँ  एक विचराक,  सफल साहित्यकार, राजनीतिज्ञ र प्रजातान्त्रिक समाजवादका प्रणेता हुनुहन्छ ।

बिपी कोइराला प्रथम जननिर्बाचित प्रधान मान्त्री मात्र होइन, उहाँ  एक विचराक,  सफल साहित्यकार, राजनीतिज्ञ र प्रजातान्त्रिक समाजवादका प्रणेता हुनुहन्छ । जसलाई विश्वमा प्रजातान्त्रीक समाजवादमा विश्वास राख्नेहरुले सम्मानित दृष्‍टि र प्रणेता को रुपमा मान्दछन ।
बिपी कोइराला तत्कालीन अशिक्षित नेपाली समाजमा राजनितीक चेतना मार्फत जहानिय शासनको अन्त्य गर्दै नेपाली आकासमा प्रजातन्त्रीक शासन व्यवस्था सुत्रपात गर्ने अथक योद्दा हुनु हुन्थ्यो । जननायक बिपी कोइरालाको दृष्‍टि सन्देस जनता, राजा र राजनैतीक दल वीच राष्ट्रियताको सवालमा एक हुनु पर्दछ भन्ने नै थियो । चाहे २००७ को राणा शासन अन्त्य होस्, चाहे राष्ट्रिय मेलीलाप निती लिएर नेपाल फर्कदा होस् चाहे ३६ सालको जनमत सङ्ग्रह र त्यस्को परीणाम स्वीकार गर्ने पक्षमा होस् उहाको प्रजान्त्र जनता प्रतिको लगाब मुल्य मान्यता को राजनीति स्पस्ट देखिन्छ उहाकै निती उद्देस्य अनुसार नै २०४६ सालको परिवर्तन सम्भब भएको थियो ।
नेपाली कांग्रेस जसलाई नेपालको प्रजातन्त्रको पर्यावाचिको संज्ञा दिइन्छ उसले नेपालमा आज सम्म भएका राजनैतीक प्रतिवर्तन को नेत्रित्व गर्दै नेपाललाई आधुनिक युग प्रवेस गराउने महत्वपूण योगदान गरेको छ ।  नेपाली कांग्रेसले स्थापना काल देखिनै राजनीतिक मूल्य, मान्यता र विधि शासनका आधारमा मुलुकको शासन व्यवस्था सञ्चालित हुनुपर्छ भन्ने मान्यतालाई संस्थागत गराउन, स्वतन्त्र अर्थव्यवस्थाका आधारमा नेपाली अर्थतन्त्रको दिगो आधार निर्माण गर्न र जनताप्रति उत्तरदायी राज्य व्यवस्थाका आधारमा सामाजिक न्याय र नागरिक राज्यको स्थापनामा कांग्रेसको अग्रणी भूमिका रहदै आएको सर्बबिधितै छ ।
तथापी २०५२ देखी देशमा माओबाद को नाउमा देखिएको हत्या हिम्साको राजनीतिबाट अक्रान्त देश र जनतामा झन राजा ज्ञानेन्द्रले आगोमा घिउ थप्ने काम गरे पछी नेपाली कांग्रेसले राजा सहीतको प्रजान्त्रलाई छोडेर लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास नभएका र हिंसाको माध्यमबाट राज्य शक्ति आफ्नो हातमा लिनुपर्छ भन्ने मान्यताका शक्तिहरूलाई पनि मूलधारमा ल्याई राजनैतीक सहमति, सहकार्यको अबधारणा जब प्रस्तुत गर्‍यो जसले हत्या हिम्साको राजनीतिबाट देशले केही हद्सम्म उन्मुक्ती पाउन सक्यो तर राजनीति जनताको लागि भएन राजनीति सत्ता प्राप्तिको दृष्‍टिले अगाडि बड्यो । यही बाट बिपिको राष्ट्रिय मेलमिलापको निती लाई नेपाली काँग्रेसले फरक तरिकाले पारीभाषित गर्न खोज्यो त्यही बाट काँग्रेस कमजोर बन्न पुगेको यथार्थ हो ।

उग्र बिचार  भएकाहरुसँग सत्ताको लागि लिप्सिदा जनताको माझमा काँग्रेस कमजोर हुनु स्वाभाविक थियो र त्यो भयो

जब नेपाली काँग्रेसले आफ्नो दृष्‍टिकोण परिवर्तन गर्‍यो, मुल्य मान्त्यको राजनीति गर्नेहरु विस्तापित हुँदै गए, उग्र बिचार  भएकाहरुसँग सत्ताको लागि लिप्सिदा जनताको माझमा काँग्रेस कमजोर हुनु स्वाभाविक थियो र त्यो भयो । नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने राष्ट्रवादी शक्ति र  ‘मध्यमार्गी’ दल हो र स्थापना काल देखिनै नेपालको राष्ट्रिय स्वाधीनता राजनीतिको प्रमुख मुद्दा नयाँ तथा युवा पिडिमा काँग्रेसले बुजाउन सकेन ।  तथा कथित खोक्रो राष्ट्रवादको उग्र नारा दिनेहरुको कुर्लाईमा आफुलाई सही रास्ट्रवादी शक्ति हुँ भनेर बुझाउन नसक्नु काँग्रेस को कमजोरी हो ।
बिपी कोइरालासँग भएको अदम्य साहस क्षमताको कमी कमजोरी नेत्रित्व वर्गमा स्पष्ट देखिएको छ र बिपीले देखाएको बाटोमा हिंड्न नसक्नु काँग्रेस को कमजोरी हो भनेर स्पष्ट देखिएको छ । भविष्यमा १५ सालको काँग्रेस जस्तो पार्टी बनाउन नेत्रित्व वर्गले बिपिको सपना साकार पार्न अहिले हिडिरहेको बाटो र गुट गत मानसिकता त्याग्नै पर्दछ  ।

व्यवहारमा आँफै भित्र देउबा इतर, कोइराला इतर, पौडेल इतर र  सिटौला इतर भेला भनेर भाग बण्डा गर्दै  फेस्बुक पेज र मिडिया रङ्याउन हामी माहिर छौ ।

नेपाली काँग्रेस संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाउदै गर्दा बिपीलाई कर्मकाण्डी भाषामा मात्रा नसम्झन आग्रह गर्दछु । नेपाली काँग्रेसले बिपी लाई सम्झदै गर्दा राष्ट्रिय मेलमिलापको नितीको व्याख्या गर्दछौं तर हामी त्यही नितिमा छौकी छैनौ हेक्का राख्ने कि नराख्ने ? गष्ट्रिय मेलमिलापको नितीको व्याख्या गरेर हाम्रा नेता देखि कार्यकर्ता थाक्दैनन् तर व्यवहारमा आँफै भित्र देउबा इतर, कोइराला इतर, पौडेल इतर र  सिटौला इतर भेला भनेर भाग बण्डा गर्दै  फेस्बुक पेज र मिडिया रङ्याउन हामी माहिर छौ ।
राष्ट्रिय मेलमिलाप भन्दै गर्दा आन्तरिक एकता जरुरी छैनन र ? हामी गुट उपगुट मा रमाउछौं भने यि र यस्ता कृयाकलापले बिपी प्रती सम्मान होकी उपहास महोदय ? नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक बीपी कोइराला समयको पद्चापलाई पछ्याउन सक्ने, शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य शाहसी नेता हुनु हुन्थ्यो उहामा भएको गुण को प्रभाव हामी भित्र कति परेको छ यो बारेमा ख्याल गर्ने की नगर्ने ? बिपिको मेलमिलापको निती भित्र राजा राजनैतीक दल, जनता सबै अटाउथे र प्रजातान्त्रिक समाज बाद् बिधिको शासन र सर्बभौम सम्पन्न नेपाली जनता हुन्थे ।
के हामीहरु अहिले हिंडेको बाटोमा यि अधिकार छन् या छैनन सबै पक्ष समेटिन सकेका छौकी छैनौ कही हामी लोकतन्त्रका नाउमा बिपिको कल्पनाको समाजवाद छोडेर अन्यत्र मोडिएका त छैनौं ? नेपाली काँग्रेसले गम्भीर भएर बिगत र वर्तमानलाई समिक्षा गरी परम्परागत शैलिमा न भएर नयाँ सैलिमा आफुलाई पूनर्ताजगी गराउन जरुरी छ । जयनेपाल ।
ईमेल: bimsube321@gmail.com

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस