गृहपृष्ठ ∕ विचार ∕ आरक्षणले दास बनाउँछ आरक्षणले दास बनाउँछ दीप संञ्चार साउन ६, २०७६ गते ११:४७ मा प्रकाशित बिकाश भुजेल✍️बिकाश भुजेलमेरो दृष्टिकोणमा जनजातिहरू जनजाति बाटै पिडित छन दलितहरु दलित बाटै पिडित छन ब्राह्मण, जैसी,खस उनिहरू पनि आफैमा पिडित छन ।वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आरक्षणले दलित र जनजातिलाई मानसिक रुपमा कमजोर र दासी बनाएको अनुभव गर्छु । हामीले समयको माग अनुरूप हाम्रो सोच,विचारहरूलाई परिवर्तन गर्न आवस्यक छ । आजको वास्तविकता हेर्ने हो भने यो जातिय विभेद छुट्याउने भनेको समाजसेवी नाम गरेको डलरवादी फाउन्डेशन NGO,INGO एजेन्टहरू हुन जुन जातित्व र धर्मको नाममा दु:खी ,गरिब र अशिक्षित वर्गलाई प्रयोग गरेर डलरको खेती गरिराखेको छ। बुझेर हो वा नबुझेर हामी समाजलाई एउटा दुर्घटनामा परिणत गर्दैछौं । गरिब निमुखा जनता तिनका सिकार बन्दै छन्, जसले सत्ताको स्वाद लिनको निमित्त समुदाय नै दुरूपयोग गराउँदै छ । हामीमा सकारात्मक सोचको विकासको आवस्यकता छ ।हामी कतै समाजमा रहेर समाजिक दायित्व सँगै स्वार्थी बन्दैछौं । अब त हामि जातिय पहिचानको निमित्त सक्षम र सबल समाजको निर्माण गर्दै विकसित राज्यको कल्पना गर्नु पर्छ अनि विकसित राज्यसँगै हामीले हाम्रा मागहरू पाउन स्फुर्त रूपमा वातावरण निर्माण गर्नु पर्दछ । हामीले हाम्रो सक्षमतालाई चिन्ने मात्र हो भने न हामी कसैको दासी जस्तो बनिनु पर्छ न त कुन्ठित नै हुनु पर्छ। जातीय मुक्ती र स्वाधिनताको नाममा हुने आन्दोलनमा हामी प्रयोग हुन्छौं, प्रयोजनमा आउँछौं। तर एउटा निष्चित तप्काले त्यसको भरपूर स्वाद लिन्छ र हामीलाई भर्याङ्ग बनाएर सफलताको शिखरमा पुग्छ, हामी भने सडकमा उभिन्छौं उफ्रिन्छौं र आन्दोलनका नाममा कुटिन्छौं, मारिन्छौं मात्र।हामीले यदि आ-आफ्नो जातीय पहिचान र विकासमा नेतृत्वदायी भुमिका चाहेका हौं भने यो समय जातिय विभेद र धार्मिक बहस गर्ने समय होईन राज्यले प्रत्येक नागरिकलाई प्रत्यक्ष उत्कृष्ट बनाउँनको निमित्त एउटा छनौट प्रक्रियाको माध्यम हामी माझ सुम्पिएको छ। हामीहरु जातीय पहिचान, शिक्षा र आर्थिक सवलीकरणको दिशामा समान ढङ्गले उत्कृष्ट कसरी बनाउने भन्ने सूक्ष्म अध्ययन गरेर अगाडी बढ्नु पर्दछ।(लेखक गण्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष हुन्।)क्याटेगोरी : विचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअसफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु…‘विचार भन्दा माथि देश, जय छद्मभेष’ (जय नरेश) धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै ताजा अपडेट नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ – प्रधानमन्त्री राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा