गृहपृष्ठ ∕ विचार ∕ आरक्षणले दास बनाउँछ आरक्षणले दास बनाउँछ दीप संञ्चार साउन ६, २०७६ गते ११:४७ मा प्रकाशित बिकाश भुजेल✍️बिकाश भुजेलमेरो दृष्टिकोणमा जनजातिहरू जनजाति बाटै पिडित छन दलितहरु दलित बाटै पिडित छन ब्राह्मण, जैसी,खस उनिहरू पनि आफैमा पिडित छन ।वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आरक्षणले दलित र जनजातिलाई मानसिक रुपमा कमजोर र दासी बनाएको अनुभव गर्छु । हामीले समयको माग अनुरूप हाम्रो सोच,विचारहरूलाई परिवर्तन गर्न आवस्यक छ । आजको वास्तविकता हेर्ने हो भने यो जातिय विभेद छुट्याउने भनेको समाजसेवी नाम गरेको डलरवादी फाउन्डेशन NGO,INGO एजेन्टहरू हुन जुन जातित्व र धर्मको नाममा दु:खी ,गरिब र अशिक्षित वर्गलाई प्रयोग गरेर डलरको खेती गरिराखेको छ। बुझेर हो वा नबुझेर हामी समाजलाई एउटा दुर्घटनामा परिणत गर्दैछौं । गरिब निमुखा जनता तिनका सिकार बन्दै छन्, जसले सत्ताको स्वाद लिनको निमित्त समुदाय नै दुरूपयोग गराउँदै छ । हामीमा सकारात्मक सोचको विकासको आवस्यकता छ ।हामी कतै समाजमा रहेर समाजिक दायित्व सँगै स्वार्थी बन्दैछौं । अब त हामि जातिय पहिचानको निमित्त सक्षम र सबल समाजको निर्माण गर्दै विकसित राज्यको कल्पना गर्नु पर्छ अनि विकसित राज्यसँगै हामीले हाम्रा मागहरू पाउन स्फुर्त रूपमा वातावरण निर्माण गर्नु पर्दछ । हामीले हाम्रो सक्षमतालाई चिन्ने मात्र हो भने न हामी कसैको दासी जस्तो बनिनु पर्छ न त कुन्ठित नै हुनु पर्छ। जातीय मुक्ती र स्वाधिनताको नाममा हुने आन्दोलनमा हामी प्रयोग हुन्छौं, प्रयोजनमा आउँछौं। तर एउटा निष्चित तप्काले त्यसको भरपूर स्वाद लिन्छ र हामीलाई भर्याङ्ग बनाएर सफलताको शिखरमा पुग्छ, हामी भने सडकमा उभिन्छौं उफ्रिन्छौं र आन्दोलनका नाममा कुटिन्छौं, मारिन्छौं मात्र।हामीले यदि आ-आफ्नो जातीय पहिचान र विकासमा नेतृत्वदायी भुमिका चाहेका हौं भने यो समय जातिय विभेद र धार्मिक बहस गर्ने समय होईन राज्यले प्रत्येक नागरिकलाई प्रत्यक्ष उत्कृष्ट बनाउँनको निमित्त एउटा छनौट प्रक्रियाको माध्यम हामी माझ सुम्पिएको छ। हामीहरु जातीय पहिचान, शिक्षा र आर्थिक सवलीकरणको दिशामा समान ढङ्गले उत्कृष्ट कसरी बनाउने भन्ने सूक्ष्म अध्ययन गरेर अगाडी बढ्नु पर्दछ।(लेखक गण्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष हुन्।)क्याटेगोरी : विचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप