गृहपृष्ठ ∕ खेलकुद ∕ पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि एजेन्सी साउन २४, २०७७ गते १०:५८ मा प्रकाशित काठमाडौं – दोस्रो इनिङ्समा उत्कृष्ट बलिङ गर्दै इंग्ल्याण्डले पुनरागमन गर्ने प्रयास गरिरहँदा पाकिस्तानले अझै २४४ रनको अग्रता बनाएको छ ।म्यानचेष्टरमा भइरहेको पहिलो टेष्टमा तेस्रो दिनको खेल सकिँदा पाकिस्तानले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर १३७ रन जोडेको छ र घरेलु टोली इंग्ल्याण्डविरुद्ध २४४ रनको अग्रता बनाएको छ ।पहिलो इनिङ्समा पाकिस्तानले ३२६ रन बनाएको थियो । दोस्रो इनिङ्समा भने इंग्लिस बलरले उत्कृष्ट बलिङ गर्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेको छ । पहिलो इनिङ्समा इंग्ल्याण्ड २१९ रनमै अलआउट हुँदा पाकिस्तानले १०७ रनको अग्रता लिएको थियो ।तेस्रो दिन समाप्तीपछि पाकिस्तानले २४४ रनको अग्रता लिएको छ । घरेलु टिम इङ्ल्यान्डले ९२-४ को स्थितिबाट तेस्रो दिनको खेल अघि बढाएको थियो । दिनको खेल अघि बढाएका ओले पोप ६२ र जोस बटलर ३८ रन बनाएर आउट भए ।इंग्ल्याण्डले १२७ रन थप्दा बाँकी ६ विकेट गुमायो । पाकिस्तानका यासिर शाहले चार विकेट लिए । मोहम्मद अब्बास र शदाब खानले दुई-दुई विकेट लिए ।दोस्रो इनिङ्समा कमजोर ब्याटिङ गरेको पाकिस्तानका कुनै पनि खेलाडीले ३० रनको आँकडा पार गर्न सकेका छैनन् । असद सफिकले २९, मोहम्मद रिजवानले २७, अविद अलीले २०, कप्तान अजर अलीले १८ र शदाब खानले १५ रन बनाए ।इंग्ल्याण्डका लागि स्टुवार्ट ब्रोड, क्रिस वोक्स र वेन स्टोक्सले दुई दुई विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबागमतीको सेमिफाईनलमा पुग्ने सम्भावना कायमै , बागमतीको लगातार दोस्रो जीतप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा, सुदुर पश्चिम र प्रदेश…प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश २ लाई सान्त्वना जितलुम्बिनी प्रदेशको लगातार दोस्रो जित धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम