गृहपृष्ठ ∕ खेलकुद ∕ पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि एजेन्सी साउन २४, २०७७ गते १०:५८ मा प्रकाशित काठमाडौं – दोस्रो इनिङ्समा उत्कृष्ट बलिङ गर्दै इंग्ल्याण्डले पुनरागमन गर्ने प्रयास गरिरहँदा पाकिस्तानले अझै २४४ रनको अग्रता बनाएको छ ।म्यानचेष्टरमा भइरहेको पहिलो टेष्टमा तेस्रो दिनको खेल सकिँदा पाकिस्तानले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर १३७ रन जोडेको छ र घरेलु टोली इंग्ल्याण्डविरुद्ध २४४ रनको अग्रता बनाएको छ ।पहिलो इनिङ्समा पाकिस्तानले ३२६ रन बनाएको थियो । दोस्रो इनिङ्समा भने इंग्लिस बलरले उत्कृष्ट बलिङ गर्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेको छ । पहिलो इनिङ्समा इंग्ल्याण्ड २१९ रनमै अलआउट हुँदा पाकिस्तानले १०७ रनको अग्रता लिएको थियो ।तेस्रो दिन समाप्तीपछि पाकिस्तानले २४४ रनको अग्रता लिएको छ । घरेलु टिम इङ्ल्यान्डले ९२-४ को स्थितिबाट तेस्रो दिनको खेल अघि बढाएको थियो । दिनको खेल अघि बढाएका ओले पोप ६२ र जोस बटलर ३८ रन बनाएर आउट भए ।इंग्ल्याण्डले १२७ रन थप्दा बाँकी ६ विकेट गुमायो । पाकिस्तानका यासिर शाहले चार विकेट लिए । मोहम्मद अब्बास र शदाब खानले दुई-दुई विकेट लिए ।दोस्रो इनिङ्समा कमजोर ब्याटिङ गरेको पाकिस्तानका कुनै पनि खेलाडीले ३० रनको आँकडा पार गर्न सकेका छैनन् । असद सफिकले २९, मोहम्मद रिजवानले २७, अविद अलीले २०, कप्तान अजर अलीले १८ र शदाब खानले १५ रन बनाए ।इंग्ल्याण्डका लागि स्टुवार्ट ब्रोड, क्रिस वोक्स र वेन स्टोक्सले दुई दुई विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप