पूर्व खेलाडी महेश पन्थीको कोरोनाका कारण निधन
काठमाडौं । आखिरमा कोरोना भाईरसले नेपालका पुर्व फुटबल खेलाडीको पनी ज्यान लिएको छ । अमेरिकामा फ्रेन्ड्स क्लब कुपन्डोलका पूर्व खेलाडी महेश पन्थीको कोरोना भाईरस संक्रमणको कारण निधन भएको हो ।
ललितपुरको ‘ए डिभिजन क्लब’ फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट पूर्व खेलाडी पन्थीको निधन भएको जनाएको छ ।
भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो। कोभिड–१९ बाट संक्रमित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन्।
उनी एक दशकदेखि अमेरिका थिए। पूर्वभलिबल खेलाडीसमेत रहेका पन्थीको निधनप्रति स्थानीय संघ संस्थाहरुले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
क्याटेगोरी : खेलकुद
ट्याग : #corona
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस