गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालको कमजोर प्रदर्शन, फेरि अर्को हार नेपालको कमजोर प्रदर्शन, फेरि अर्को हार दीप संञ्चार कात्तिक २३, २०७६ गते १७:०२ मा प्रकाशित काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो ।एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए ।सन्दीप जोराले १६ र कुशल भुर्तेलले १४ रन बनाए । भिम सार्कीले १३ । कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए । एमसीसीका एड योङले तीन विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले दुई दुई विकेट लिएका थिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा सात विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ खेले । एड योङले ४२, मिल्स हाम्मोन्डले ३३ र एलेक्स थमप्सनले अविजित २० रन बनाए ।नेपालका राशिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले एक एक विकेट लिए ।नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल