Techie IT
×
गृहपृष्ठखेलकुदनेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य


काठमाडौँ- नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८(८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २(२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस