Techie IT
×
गृहपृष्ठखेलकुदएएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश

एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश


काठमाडौँ –  एएफसी एसियन कप फुटबलमा साउदी अरेबिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति कतारको अहमद बिन अली रंगशालामा भएको खेलमा किर्गिस्तानलाई २–० गोलले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।

साउदीका लागि मोहम्मद कानो र फैसल अल घम्दीले गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा साउदीका कानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ८६औँ मिनेटमा घम्दीले गोल गर्दै साउदीलाई २–० गोलको सहज जित दिलाए ।

यो जितसँगै समूह ‘एफ’को साउदी अरेबिया दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । पराजित भएको किर्गिस्तान अंकविहीन छ । यस्तै, दोस्रो स्थानमा रहेको थाइल्याण्डको ४ अंक छ भने ओमानको १ अंक छ ।

समूह चरणको अन्तिम खेलमा साउदीले बिहीबार थाइल्याण्डसँग खेल्ने छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #एएफसी एसियन कप

तपाईको प्रतिक्रिया दिनुहोस