Techie IT
×
गृहपृष्ठखेलकुदइंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित


– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार भएको खेलमा लुटन टाउनलाई १–० गोलले हराउँदै जित निकालेको हो ।

युनाइटेडका लागि भिक्टर लिन्डेलफले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ५९औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त भएको थियो ।

यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको लुटन ६ अंकसहित १८औँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस