Techie IT
×
गृहपृष्ठखेलकुदटी–ट्वान्टी विश्वकप छनोट : आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै

टी–ट्वान्टी विश्वकप छनोट : आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै


आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टी–ट्वान्टी विश्वकप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस