Techie IT
×
गृहपृष्ठखेलकुदएक दशकपछि नेपाल टी २० विश्वकपमा

एक दशकपछि नेपाल टी २० विश्वकपमा


युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टि२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएकाे आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो ।

जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ६ चौका र २ छक्काको मद्धतमा ६३ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल भने २ चौका प्रहार गर्दै ११ रन बनाएर क्याचआउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सान झाले ३ चौकाको मद्धतमा २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा ३ चौका र १ छक्का हान्दै ३५ रन जोडे ।

युएईका लागि निलांस केसवानी र बासिल हमिदले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे ।

कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।

यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन बनाए ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #आइसिसी टि२० विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस