Techie IT
×
गृहपृष्ठखेलकुदआईसीसी टि-२० : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

आईसीसी टि-२० : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै


नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा प्रतिस्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

 

सो खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #टी–२०विश्व कप

तपाईको प्रतिक्रिया दिनुहोस