Techie IT
×
गृहपृष्ठखेलकुदसन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा


आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

अन्तिम १५ मा लेग स्पिनर सन्दीप लामिछानेलाई समेटिएको छ भने स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका छन् । यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन्।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टी–ट्वान्टी विश्वकप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस