Techie IT
×
गृहपृष्ठखेलकुदत्रिदेशीय टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र यूएई भिड्दै

त्रिदेशीय टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र यूएई भिड्दै


त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

 

नेपालले हङकङ र यूएईलाई समान २र२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

 

 


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस