गृहपृष्ठ ∕ खेलकुद ∕ एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित दीप संञ्चार असोज ३०, २०८० गते ७:५२ मा प्रकाशित अस्ट्रेलियाले जारी आइसीसी क्रिकेट विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो ।श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।अस्ट्रेलियाका लागि जोश इंगलिसले सर्बाधिक ५८ रन बनाएका थिए भने मिचेल मार्शले ५२ रन बनाएका थिए । त्यसैगरी मार्नस लाबुस्चागनेले ४०, ग्लेन म्याक्सवेलले अविजित ३१ रन बनाए भने मार्नोस स्टोइनिसले अविजित २० रन बनाएका थिए ।त्यसैगरी श्रीलंकाका बलर दिल्सान मधुशंकाले सर्बाधिक ३ विकेट लिएका थिए भने दुनिथ वेल्लालागेले एक विकेट लिएका थिए ।यसअघि पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २/२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।यो जितपछि अस्ट्रेलियाको ३ खेलमा २ अंक भएको छ । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार तीन खेलमा हार बेहोरेको छ ।अब अस्ट्रेलियाले आगामी शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ भने श्रीलंकाले शनिबार नेदरल्याण्डससँग खेल्ने छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप