Techie IT
×
गृहपृष्ठखेलकुदविश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै


आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) घरेलु टोली भारत र पाकिस्तान खेल्दै छन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ ।

विश्वकपमा बलियो भारत र एक दिवसीय खेलमा बललियो पाकिस्तानबीच हुने खेललाई निक्कै महत्वका साथ हेरिएको छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

 

त्यस्तै पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । भारत एक दिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् ।

तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस