गृहपृष्ठ ∕ खेलकुद ∕ मंगोलियाविरुद्ध नेपालले बनाएको चारवटा विश्व किर्तिमान मंगोलियाविरुद्ध नेपालले बनाएको चारवटा विश्व किर्तिमान दीप संञ्चार असोज १०, २०८० गते ११:५५ मा प्रकाशित नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला