Techie IT
×
गृहपृष्ठखेलकुदक्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित


नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

 

शनिबार भएको क्यानको केन्द्रिय चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

 

कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । उनी अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । साथै, यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस