Techie IT
×
गृहपृष्ठखेलकुदक्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत

क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत


नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिने भएका छन् ।

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन् ।

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः निर्वाचित हुन लागेका हुन् ।

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्न लागेका हुन् ।

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता गराईनसकेकाले उनी नै सर्बसम्मत हुने सम्भावना देखिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस