Techie IT
×
गृहपृष्ठखेलकुदहिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने


वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।

आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

भारतको यो पहिलो सुपर फोरको खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #एसियन कप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस