Techie IT
×
गृहपृष्ठखेलकुदमहिला टी–२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र थाइल्याण्ड खेल्दै

महिला टी–२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र थाइल्याण्ड खेल्दै


आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्ड खेलिरहेका छन् ।

मलेसियामा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि थाइल्याण्डले ब्याटिङ गरिरहेको छ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेलेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा पहिलो पटक स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । तर सन् २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाइल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी–ट्वान्टी विश्वकप क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस