गृहपृष्ठ ∕ खेलकुद ∕ आईसीसी महिला टि-२० विश्वकप : नेपाल सेमिफाइननलमा प्रवेश आईसीसी महिला टि-२० विश्वकप : नेपाल सेमिफाइननलमा प्रवेश दीप संञ्चार भदौ १८, २०८० गते २०:०४ मा प्रकाशित नेपाल आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै एक खेलअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।लगातार चौथो जित निकालेर सेमिफाइनल यात्रा सुरक्षित गरेको समूह ए बाट नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे हो । सोमबार भएको खेलमा कतारले जितको लागि दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले २८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहे ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन जोडेको थियो ।नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने