Techie IT
×
गृहपृष्ठखेलकुदघरेलु मैदानमा आज युएइसँग प्रतिस्पर्धा गर्दै नेपाल

घरेलु मैदानमा आज युएइसँग प्रतिस्पर्धा गर्दै नेपाल


काठमाडौ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियो । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।

१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपालले ७ रनले विजयी भएको थियो । आज पुनः नेपालले युएइसँग खेल्न लागेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस