गृहपृष्ठ ∕ खेलकुद ∕ सन्दीप र करणले लिए चार/चार विकेट सन्दीप र करणले लिए चार/चार विकेट दीप संञ्चार असोज २०, २०७६ गते ११:०५ मा प्रकाशित असोज २० काठमाण्डौपाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपाललाई दोस्रो खेलमा नेदरल्याण्डले १३४ रनको चुनौति दिएको छ । पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारीत १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो । नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिएका छन् । संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन् । यस बाहेक ललित राजवंक्षीले १ विकेट लिएका छन् । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने भएको छ । यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत हासिल गरेको छ। एउटा खेल रद्ध भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दाम्यानचेस्टर सिटी रोकिँदा युनाइटेडको जितमोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियोभारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर युक्रेन अतिक्रमण गर्न रुसले ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् खुकुरी प्रहार गरी दुई जनाको हत्या अब कतारबाटै ई पासपोर्ट बनाउन सकिने प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै ओली प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?