गृहपृष्ठ ∕ खेलकुद ∕ सन्दीप र करणले लिए चार/चार विकेट सन्दीप र करणले लिए चार/चार विकेट दीप संञ्चार असोज २०, २०७६ गते ११:०५ मा प्रकाशित असोज २० काठमाण्डौपाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपाललाई दोस्रो खेलमा नेदरल्याण्डले १३४ रनको चुनौति दिएको छ । पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारीत १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो । नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिएका छन् । संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन् । यस बाहेक ललित राजवंक्षीले १ विकेट लिएका छन् । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने भएको छ । यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत हासिल गरेको छ। एउटा खेल रद्ध भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति