Techie IT
×
गृहपृष्ठखेलकुदफाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना

फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना


फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डिडिएर डेशँले विश्वकप फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा लियोनल मेसीलाई रोक्ने योजना बनाएको बताएका छन् ।

टीएफ सँग कुरा गर्दै डेशँले बताए, ‘हामीले उनलाई पहिले पनि भेटिसकेका छौं, सम्झिनुहुन्छ नि ? हामी यसबारेमा सोच्छौं । उनको प्रभाव कम गर्नका लागि सतर्कता अपनाउनुपर्ने हुन्छ । चार वर्षअघि उनी मैदानको दायाँतर्फ रहने अपेक्षा हामीले गरेका थियौं र उनी सेन्टर फर्वार्डको भूमिकामा थिए । अहिले उनी प्लेमेकर हुन् । उनीसँग बढी स्वतन्त्रता छ । त्यसैले उनलाई मार्क गर्न बढी गाह्रो छ ।’

धेरै कम विपक्षी खेलाडीहरूले मात्र सातपटकका बालोन डीओर विजेता मेसीलाई रोक्न सकेका छन् । यस विश्वकपमा पनि मेसीले पाँच गोल गरिसकेका छन् ।

आइतवार लुसेल स्टेडियममा हुने फाइनलमा मेसीलाई शान्त राख्नका लागि आफूहरूले सबै किसिमका सतर्कता अपनाउने भनी डिशँले अर्जेन्टिनामाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कतार विश्वकप, #फिफा विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस