Techie IT
×
गृहपृष्ठखेलकुदविश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात

विश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात


दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।

समूह बि अन्तर्गत आज भएको पहिलो खेलमा इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

खलिफा इन्टरनेसनल स्टेडियममा भएको  खेलमा इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे ।  जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे।

इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।
यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।
इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।
तेस्तै समूह ‘बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ
समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा  आजै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #FIFA 2022

तपाईको प्रतिक्रिया दिनुहोस