Techie IT
×
गृहपृष्ठखेलकुदटी–२० विश्व कप: श्रीलङ्कासँगको खेलमा यूएईका बलर मयप्पनको ‘ह्याट्रिक’

टी–२० विश्व कप: श्रीलङ्कासँगको खेलमा यूएईका बलर मयप्पनको ‘ह्याट्रिक’


टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगको खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।

खेलको १५ औँ ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाको विकेट लिएका हुन् ।

मयप्पन टी–२० विश्व कपमा ह्याट्रिक लिने पाँचौँ बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली (२००७), आयरल्यान्डका कर्टिस क्यामफेर (२०२१), श्रीलङ्काका वानिन्दु हसरङ्गा (२०२१) र दक्षिण अफ्रिकाका कागिसो रबाडा (२०२१) ले ह्याट्रिक गरिसकेका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी–२०विश्व कप

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार